+

इस्पोर्ट्सको ड्रिम थ्री किङडम्समा नेपाल दुवै खेलमा पराजित

२०८० असोज  १० गते १४:५० २०८० असोज १० गते १४:५०
इस्पोर्ट्सको ड्रिम थ्री किङडम्समा नेपाल दुवै खेलमा पराजित

१० असोज,  हान्झाउ । १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको ड्रिम थ्री किङडम्स २ (डीटीके) मा नेपाल बुधबार दुवै खेलमा पराजित भएको छ ।

ड्रिम्स थ्री किङडम्स २ को समूह सी मा नेपाल कीर्गिस्तान र भियतनामसँग समान १-० ले पराजित भयो ।

इस्पोर्ट्समा नेपालले यसपटक ५ फरक इभेन्टसमा २३ खेलाडीलाई एसियाडमा ल्याएको थियो ।

जसमा फिफा अनलाइनमा फोरमा समिर गुरुङ पराजित भइसकेका छन् भने एरिना अफ भेलोर (एओभी) एसियन गेम्स भर्सन मा पनि नेपाल पराजित भइसकेको छ ।

अब नेपालले पिस एलिट एसियन गेम्स भर्सन (पब्जी मोबाइल) र डोटा २ मा प्रतिस्पर्धा गर्न बाँकी छ । डोटो २ मा नेपालले सिधै क्वाटरफाइनल खेल्नेछ ।

एसियाली खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय