+
+

इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपति र उपराष्ट्रपति

आर्यन धिमाल आर्यन धिमाल
२०८० असोज ११ गते १६:४४

११ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादव काठमाडौंको ऐतिहासिक इन्द्रजात्रा अवलोकनका लागि हनुमानढोका पुगेका छन् ।

इन्द्रजात्रामा बिहीबार तल्लो टोल (बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरसम्म) मा रथयात्रा हुनेछ ।

रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुख सहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नेछन् । रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्षभरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा छ ।

सोही परम्पराअनुसार राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादव हनुमानढोका पुगेका हुन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?