+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पुराना दललाई रविले भने– हामीबाहेकको सहमतीय सरकार बनाउनुस्

‘जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्,’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते ११:२९

१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना सबै दलको संयुक्त सरकार बनाउन ती दललाई सुझाव दिएका छन् ।

देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्षका लागि पुराना दल एकैठाउँमा उभिन सुझाव दिएका छन् । ‘हामी बाहेकको  सहमतीय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा ।’

पुुराना दलले ‘मिसन ८४’ भन्न नसुहाउने उनको भनाइ छ ।  पुराना दलका लागि हालदेखि २०८३ सालसम्म रहेकाले मिसन ८४ भन्न नमिल्ने रास्वपा सभापति रविको तर्क छ । ‘तपाईंको लागि त मिसन ८० नै छ त ! मिशन ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त !! केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला,’ रवि भन्छन्, ‘अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त ! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् ।’

यो विचको अवधिमा काम गरेर ‘नयाँ, लोकरिझ्याइवाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका’ दललाई पुरै असान्दर्भिक बनाउन उनले चेतावनी दिएका छन् । ‘४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्,’ रविले लेखेका छन्, ‘४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई ।’

दुई शक्ति मध्ये एउटा शक्ति सकिनुपर्ने रविको जिकिर छ । पुराना दललाई चेतावनीको शैलीमा उनले भनेका छन्, ‘राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ हजुर, कि तपाईंको कि हाम्रो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?