+
+

मोटोजीपी इभेन्ट सम्पन्न, भारतबाट राइडर्स टोली नेपाल फर्किए

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १३:४४

काठमाडौं । भारतमा सम्पन्न पहिलो मोटोजीपी इभेन्टको रोमाञ्चक साहसिक अनुभव बटुलेर  ९ जना समर्पित यामाहा उत्साही र बाइकरहरूको टोली नेपाल फर्किएको छ।

गत २४ सेप्टेम्बरमा नोएडाको बुद्ध सर्किटमा उद्घाटन भएको बहुप्रतिक्षित मोटोजीपीमा राइडर्स टोलीले २३ र २४ सेप्टेम्बरमा मुटुको ढुकढुकी बढाउने दौडको अनुभव गरेको थियो। त्यसपछि २७ सेप्टेम्बरमा उनीहरूले आफ्नो साहसिक कार्यको उत्कर्षलाई काठमाडौं फर्केर बिट मारेका थिए।

रेसिङ सम्पदाका लागि प्रख्यात यामाहा नेपालमा रेसिङ संस्कृतिको प्रवर्द्धन र विकास गर्न अथक रूपमा समर्पित छ । यस प्रतिबद्धतासँगै यामाहा नेपालले यामाहा मालिकहरूका लागि मोटोजीपीको प्रत्यक्ष साक्षी बन्ने अविष्मरणीय अनुभवमा सहभागी हुने विशेष अवसरको गर्विलो घोषणा गरेको थियो। यो कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम मात्र नदेखाई खुल्ला सडकहरूमा ब्रान्डको गहिरो माया बाँड्ने राइडर्सको अटल जोशलाई पनि उत्सवका रूपमा मनाएको थियो।

यस रोमाञ्चक यात्रामा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की, तारा खड्का र मार्शल प्रमोद श्रेष्ठ सहभागी थिए।

साहसिक कार्यका अतिरिक्त यामाहाका प्रतिष्ठित सवार फाबियो क्वार्टारारोले यो आइतबार उल्लेखनीय प्रदर्शनका साथ भारतीय भूमिमा अमिट छाप छोडे । उनले आफ्नो असाधारण सीप र अटल दृढता देखाउँदै यस वर्ष दोस्रो पटक पोडियम फिनिश जितेका थिए।

मोटोजीपी च्याम्पियनसिप विश्वको सबैभन्दा प्रतिष्ठित मोटरसाइकल रेसिङ इभेन्टहरूमध्ये एक हो जसमा विश्वका सबैभन्दा दक्ष राइडर र अत्याधुनिक मेसिनहरू समावेश छन् । यामाहा आफ्नो समृद्ध रेसिङ इतिहासको साथ रेसिङको दुनियाँमा आफ्नो स्थायी प्रतिबद्धतालाई अझ सुदृढ पार्दै यस रमाइलो खेलको हितका लागि निरन्तर अग्रभागमा रहँदै आएको छ।

यामाहा नेपालले आफ्ना नौजना समर्पित राइडरहरूका साथ मोटोजीपीको थ्रिल र मोटरसाइकलप्रतिको अटुट प्रेमको उत्सव मनाउन यो असाधारण यात्रा सुरु गरेको थियो। आठ दिनमा २१६० किलोमिटरको दूरी छिचोल्दै यो साहसिक कार्यले उनीहरूको असीम जोश र अटल प्रतिबद्धताको बलियो प्रमाणको रूपमा कार्य गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?