+
+

पूर्वन्यायाधीशको घरबाट बालश्रमिकको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते २१:२१

१५ असोज, काठमाडौ । काठमाडौंमा एक पूर्वन्यायाधीशको घरबाट बालश्रमिकको उद्धार गरिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद, काठमाडौ महानगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र र बाल हेल्पलाइनको सयुंक्त टोलीले काठमाडौ महानगरपालिका–२९ रुद्रमती चोकस्थित पूर्वन्यायाधीश अलि अकबर मिकरानीको घरबाट आइतबार साँझ १० वर्षका बाल श्रमिकको उद्धार गरेको हो ।

वडाध्यक्ष कुश ढकालसहितको टोलीले घरेलु श्रमिक बालिकालाई उद्दार गरेको टोलीका सदस्य मेयर बालेन शाहका सचिवालयका सदस्य धिरज जोशीले जानकारी दिए ।

अनुगमन टोलीका सदस्य प्रविण सिलवालले बालिकालाई विद्यालय नपठाई श्रममा लगाएको पाइएको बताए । ‘घरको तल्लो तला विद्यालयलाई भाडामा दिए पनि बालिकालाई भने विद्यालय नपठाउने गरेको पाइयो, हाम्रो टोली पुग्दा बालिका भ¥याङ पुछ्दै थिइन्’, उनले भने ।

बालिकालाई उपचारका लागि कान्ति बाल अस्पतालमा लगिए पनि अभिभावकले नमानेपछि भर्ना गर्न नमानेको रिपोर्ट दिएको सिलवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?