+
+

कबड्डीमा नेपाल इरानसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १३:०१
फाइल तस्वीर ।

१६ असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत कबड्डीमा नेपाल महिला टोली इरानसँग पराजित भएको छ ।

समूह बी अन्तर्गत जिओसाना ग्वाली स्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपाल इरानसँग ४३-१९ ले पराजित भएको छ ।

पहिलो हाफमा नेपाल इरानसँग १९-११ ले पछि परेको थियो । तर पछिल्लो एसियाडको स्वर्ण विजेता इरानले दोस्रो हाफमा २४-८ को अग्रता बनाउँदै फराकिलो जित निकालेको हो ।

समूह बी मा नेपालले दुवै खेल खेलिसकेको छ । यसअघि सोमबार पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७-२४ ले पराजित गरेको थियो ।

पहिलो पटक एसियाडमा सहभागी महिला कबड्डी टिमले डेब्यु खेलमै बंगलादेशलाई हराएर इतिहास रचिसकेको छ ।

अब यस समूहमा इरान र बंगलादेशबीच बुधबार खेल हुनेछ ।

उक्त खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ र कम्तीमा कास्य पदक पक्का गर्नेछ । कबड्डीमा सेमिफाइनल पुग्ने टिमले पनि पदक प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?