+
+

पेरिस फेसन वीकमा ऐश्वर्या, जेन्डायासहितका सेलिब्रिटीले छरे सौन्दर्यको जादू

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १३:३५

काठमाडौं । फेसनको तीर्थस्थल मानिने पेरिसमा यतिबेला फेसन सप्ताह चलिरहेको छ । ‘पेरिस फेसन वीक २०२३’ नाम दिइएको यो कुम्भमा विश्वचर्चित सेलिब्रिटी र डिजाइनरले आगामी फल सिजनका पहिरन प्रस्तुत गरे ।

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनदेखि हलिउड अभिनेत्री जेन्डायासहितका स्टारले पेरिस फेसनको यो संस्करणमा फेसनको जादू छरे । हलिउडमा चलिरहेको हड्तालले प्रिमियर र फिल्म प्रवर्द्धनमा जान नपाएका सेलिब्रिटीको भीड फेसन शोमा देखियो ।

अभिनेत्री जेन्डाया फेसन ब्राण्ड लुइस भिटनको स्प्रिङ–समर २०२४ को पहिरनमा आकर्षक देखिइन् । यो फ्रान्सेली लक्जरी फेसन ब्रान्डको डिजाइन हेर्न रनवको पहिलो लहरमा ए–लिस्टर सेलिब्रिटी थिए । जसमा किम कार्दसियनदेखि फुटबल स्टार डेभिड बेकह्यामसम्म थिए ।

सेतो गाउनमा जेन्डाया बोल्ड देखिएकी थिइन् । फ्रान्सको प्रसिद्ध आइफल टावरले आयोजना गरेको ‘वाक योर वर्थ’ शोमा बलिउड अभिनेत्री ऐश्वर्या रायले पहिरन प्रस्तुत गरिन् । उनीसँगै केन्डल जेनर, इभा लोंगोरिया, एन्डी म्याकड्वेल पनि उपस्थित रहे ।

ऐश्वर्याकी छोरी तथा अमिताभ बच्चनकी नातिनी नाभ्या नाभेली नन्दाले सोमबार राति पेरिस फेसन सप्ताहमा डेब्यु गरिन् । उनी आमा ऐश्वर्या र हलिउड सेलिब्रिटी केन्डल जेनरपछि शोमा प्रस्तुत भएकी थिइन् ।

तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?