+
+

काठमाडौंमा अवतरण गर्न खोजेको कतार एयरको जहाज ओभरसुट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते ८:५१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माथिको आकासमा कतार एयरको जहाज । फाइल फोटो

१७ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नैलाग्दा कतार एयरवेजको जहाजलाई ओभरसुट गर्नुपरेको छ ।

रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट गरेका हुन् ।

उडान नं. ६४८ नम्बरको यो जहाज दोहाबाट काठमाडौं आएको थियो । जहाज बुधबार बिहान सवा सात बजे अवतरण गर्दै थियो ।

धावनमार्ग नदेखेपछि ‘मिस अप्रोच’ गरेको जहाज केही समयपछि काठमाडौं अवतरण गरेको छ ।

ओभरसुट भएका जहाजहरु सामान्यतया आकासमा एक फन्को लगाएर केही समयमै अवतरण हुने गरेका छन् । आज कतार एयरको जहाजले पनि आकासमा एक फन्को लगाएर २० मिनेटपछि अवतरण गरेको थियो ।

त्रिभुवन विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरु सिमरामाथिको आकाशबाटै एप्रोच लिने गर्दछन् ।

जहाजहरु ओभरसुट हुनुलाई अधिकारीहरु सामान्य रुपमा लिन्छन् । कहिलेकाहिँ एप्रोच नमिल्दा, भिजिबिलिटी कम हुँदा, अत्यधिक पानी पर्दा र कहिलेकाहिँ जहाज हाई अल्टिच्युड भएर आउँदा पनि ओभर सुट हुने गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि पनि जहाजहरु ओभरसुट भएका विवरणहरु छन् । २०७९ भदौमा सिंगापुर एयरलाइन्सको जहाज र गत वैशाखमा एयर इण्डियाको जहाज ओभरसुट भएका थिए ।

आज काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ । पानी परेको बेला रनवेमा पाङ्ग्रा चिप्लिने जोखिम हुने प्राविधिकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?