+
+

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थपियो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १३:०३

१७ असोज, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयरको सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले १४ असोजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । उक्त आईपीओमा १७ असोजसम्म आवेदन दिन म्याद भएपनि उक्त अवधिमा माग अनुसारको आवेदन नपरेको भन्दै आवेदन दिने म्याद थप भएको हो ।

कम्पनीको आईपीओमा अब २८ असोजसम्म आवेदन दिन सकिने भएको छ । तर, २८ असोज अगाडि नै माग भन्दा बढी आवेदन परेमा भने सूचना प्रकाशित गरेर आवेदन बन्द हुने कम्पनीले जनाएको छ ।

आवेदन दिने अन्तिम दिन १७ असोज बुधबार बिहान भने कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परिसकेको छ । बुधबार बिहान १० बजेटसम्म कम्पनीको आईपीओमा ८ लाख ५७ हजार ७९७ जना आवेदकले १ करोड १ लाख ७२ हजार १२० कित्ताको लागि आवेदन दिएका छन् । ९७ लाख ३२ हजार ५४४ कित्ताको लागि आवेदन माग गरेकोमा माग भन्दा बढी आवेदन परिसकेकको हो । तर, मंगलबार साँझसम्म करिब ८५ लाख कित्ताको लागि मात्रै आवेदन परेकोले बुधबार बिहान म्याद थप भएको सूचना प्रकाशित भएको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन खुलाएको थियो । स्थानीयले नकिनेको सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली र ५/५ प्रतिशत कर्मचारी तथा सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको सेयर समेत थप गरेर १४ असोजदेखि सर्वसाधारणको आवेदन माग गरेको थियो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरेको थियो।

तर, उद्योग प्रभावित स्थानीयले उद्योग सार्नुपर्ने माग राख्दै कम्पनीको आईपीओ बहिष्कार गरे । त्यसले गर्दा कम्पनीको आईपीओमा स्थानीयले माग भन्दा न्यून मात्रै आवेदन दिए । स्थानीयलाई छुट्याएको १५ लाख ३७ हजार ५२५ कित्ता सेयरमध्ये १४ लाख ३ हजार ५ कित्ता बिक्री भएन ।

तर, वैदेशिक रोजगारीमा रहेको नेपालीले भने मागभन्दा बढी आवेदन दिएपछि स्थानीयले नकिनेको सेयरबाट समेत थप गरेर १२ लाख १६ हजार ५६८ कित्ता सेयर बाँडफाँट गरेको थियो ।

यस्तै, कम्पनीले सामूहिक लगानी कोषलाई पनि सुरुमा छुट्याएको ५ लाख ३८ हजार १३४ कित्ता सेयरमा थप गरेर ६ लाख ८ हजार २ सय ८४ कित्ता बाँडफाँट गर्यो । यस्तै कर्मचारीलाई छुट्याएको ५ लाख ३८ हजार १३४ कित्ता सेयर छुट्याएकोमा थप गरेर ६ लाख ८ हजार २ सय ८४ कित्ता नै बाँडफाँट ग¥यो । त्यसपछि पनि बाँकी रहेको ११ लाख २२ हजार ४०४ कित्ता सेयर थप गरेर कम्पनीले सर्वसाधारणको लागि ९७ लाख ३२ हजार ५४४ कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।

दोस्रो चरणमा कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको हो। वैदेशिक रोजगारम्ीा रहेका नेपाली, कर्मचारी र सामुहिक लगानी कोषलाई पनि प्रिमियम सहित २३७ रुपैयाँ ५८ पैसा प्रतिकित्तामा नै आईपीओ निष्कासन गरेको हो । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा ‘इन्फोमेरिक्स क्रेडिट रेटिङ’ नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?