+
+

एमालेको गण्डकी अधिवेशनमा बिहीबार मतदान हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १८:२५

१७ असोज, पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका बिहीबार बिहान मतदान हुने भएको छ । बुधबार दिनभरि पानी परेको र उम्मेदवारी दर्ता गर्न ढिलाइ भएकाले बिहीबार मात्र मतदान गर्ने तयारी भएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।

‘आज उम्मेदवारी दिन र नाम फिर्ता लिने काम भइरहेको छ । अब आज मतदान नहुने नै भयो’, प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले भने, ‘भोलि हुने भए पनि कतिबेला सुरु हुन्छ अहिलेसम्म टुंगो लागेको छैन ।’

प्रदेश नेतृत्व चयनका लागि मेसिनबाट मतदान हुनेछ । स्रोतका अनुसार बुधबार भोटिङ मेसिन ‘सेटअप’ गर्नै समय लागेकाले मतदान सरेको हो । ‘मेसिनबाट भोटिङ गर्ने भनिएको छ । तर, खासमा त्यो मेसिन सेटअप गर्न नै समय लागेको हो,’ स्रोतले भन्यो ।

यसअघि नेकपा एमाले प्रदेश अध्यक्ष नवराज शर्माले १७ गते साँझसम्म नतिजा आइसक्ने बताएका थिए । अधिवेशनका लागि गण्डकीका विभिन्न जिल्लाबाट ९ सय ८ प्रतिनिधि पोखरा आएका छन् । उनीहरुका लागि २१ वटा होटल बुक गरिएका छन् ।

नयाँ नेतृत्व चयनका लागि एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधरबीच प्यानलै बनाएर निर्वाचनमा होमिइँदैछन् ।

पृथ्वीसुब्बा प्यानलबाट प्रदेश अध्यक्षका लागि नवराज शर्मा, उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, उपसचिवमा मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, पोखरेल प्यानलबाट अध्यक्षमा मायानाथ अधिकारी, उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मी आचार्य, उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?