+
+

एकदिवसीय विश्वकप क्रिकेट सम्बन्धी जिज्ञासा र जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते २०:३२

१७ असोज, काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता भोलि बिहीबारदेखि भारतमा सुरु हुँदै छ । अहमदावादमा हुने उदघाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्ने छन् ।

यो विश्वकपका बारेमा इएसपीएन क्रिकइन्फोले तयारीपारेका केही जिज्ञासा र त्यसको जवाफ :

विश्वकप क्रिकेट कहाँ हुँदैछ ?

विश्वकप बिहीबारबाट भारतमा सुरु हुँदैछ । यसअघि भारतले सन् १९८७, १९९६ र २०११ मा विश्वकपको सहआयोजकको रुपमा रहेको थियो । तर यसपटक भारत आफैंले सम्पूर्ण प्रतियोगिताहरु फरक रंगशालामा गर्नेछ ।

विश्वकपमा कति टिम सहभागी छन् ?

यो एकदिवसीय क्रिकेट विश्वकप हो । यहाँ विश्व क्रिकेटमा एकदिवसीय मान्यता पाएका १० देशहरुले मात्र प्रतिस्पर्धा गर्नेछन् ।

त्यसो भए यसमा एशोसियट राष्ट्रले भाग लिन पाउँदैनन् ?

त्यस्तो होइन । यसका लागि विश्वकप छनोट खेल्नु पर्छ, छनोट प्रतियोगिताबाट छानिएका टिमले यो विश्वकप खेल्न पाउँछन् ।

विश्वकप खेल्ने टिम कसरी छानिएका थिए ?

आईसीसीले सन् २०२० को जुलाईदेखि २०२३ को जुलाईसम्म भएको एक दिवसीय मान्यताप्राप्त १३ टिमबीचको खेल जसलाई सुपर लिग भनिएको थियो । हो त्यै सुपर लिगमा शीर्ष ७ मा परेका अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र दक्षिण अफ्रिका सिधै विश्वकपमा छानिएका हुन् । भारत आयोजकका रुपमा छानिएको हो ।

सुपर लिगमा आठौंस्थानभन्दा मुनिका वेष्टइण्डिज, श्रीलंका, आयरल्याण्ड, जिम्बाबे र नेदरल्याण्डसँगै लिग टूका शीर्ष ३ टिम नेपाल, ओमान र स्कटल्याण्ड तथा क्वालिफायर प्लेअफबाट छानिएका अमेरिका र यूएईले गत जुनमा जिम्बाबेमा भएको विश्वकप छनोट खेलेका थिए । जसबाट श्रीलंका र नेदरल्याण्ड विश्वकपमा छनोट भए ।

एशोसियट राष्ट्रहरुले पनि भाग लिएका थिए । जसबाट शिर्ष दुईले विश्वकप छनोट भएका शिर्ष ८ सँग प्रतिस्पर्धा गर्नेछन् । क्वालिफायर्समा ६ वटा एशोसियट राष्ट्र पनि थिए । जसमा श्रीलंका, वेष्ट इन्डिज, जिम्बावे र आयरल्यान्डसमेत गरेर क्वालिफार्यस पूरा भएको थियो । जसबाट शिर्ष २ ले विश्वकपमा स्थान बनाए ।

दुई पटकको च्याम्पियन वेष्टइन्डिज बाहिर?

हो, दुई पटकको च्याम्पियन बनेको वेष्ट इन्डिज यस पटक विश्वकपबाट बाहिर छ । वेष्ट इन्डिजले एकदिवसीय विश्वकप खेल्न नपाएको यो पहिलो पटक हो ।

नेदरल्यान्डस्ले क्वालिफार्यसमा दुई पटक विश्वकप जितेको टिम वेष्ट इन्डिजलाई र स्कटल्यान्डलाई हराएको थियो ।

आयोजक टिमले विश्वकप जित्ने संभावना कस्तो छ ?

भारत अहिले विश्व वरीयताको शीर्ष टिम हो । आयोजक टिमहरुले यसअघि विश्वकप जितेका छन् ।

भारतले नै पनि २०११ मा सह आयोजक श्रीलंकालाई हराएको थियो । २०१५ मा अष्ट्रेलियाले सह आयोजक न्युजिल्यान्डलाई हराएको थियो । त्यसको चार वर्ष पश्चात पुन आयोजक इङ्लयन्डले आयोजक भएर विश्वकप जितेको थियो ।

यसअघि सन् २०१९ को विश्वकपमा निर्धारित ५० ओभर र त्यसपछिको सुपर ओभरमा पनि बराबरी भएपछि धेरै बाउन्ड्री हानेका आधारमा इंग्ल्याण्ड विजेता बनेको थियो, यसपालि पनि बाउन्ड्रीको आधारमा विजेता घोषित गरिन्छ त ?

होइन, यो पटक त्यस्तो हुँदैन । यस पटक खेल टाई (बराबरी) भएको खण्डमा सुपर ओभरबाट खेलको नतिजा निर्धारण गरिन्छ । यदि सुपर ओभर पनि बराबरी भएको खण्डमा पुन अर्को ओभर गर्दै जबसम्म विजेताको टुंगो लाग्दैन तबसम्म खेल हुनेछ ।

खेलको फर्म्याट के हुनेछ ?

यो खेलको फर्म्याट पनि २०१९ कै जस्तो छ । १० टिमहरुले हरेक टिमसँग एक पटक लिग चरणमा खेल्नेछन् । जसबाट शीर्ष चारले सेमिफाइलनल खेल्नेछन् ।

यस वर्षको मन पराइएको टिम कुन हो ?

यसवर्ष भारत आयोजक राष्ट्र हो । एकदिवसीय क्रिकेटमा नम्वर वान टिम रहेको भारत यस वर्षको विश्वकपमा मन पराइएको टिम हो । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डसँग यसपटक भारतसँग जस्तो समर्थन नहोला । इंग्ल्यान्ड २०१९ को एकदिवसीय विश्वकप विजेता हो भने टी–२० अन्तर्राष्ट्रियमा अघिल्लो वर्ष उपाधि जितेको टिम हो ।

अर्को टिम भनेको पाकिस्तान हो । भारतले नउछिन्दासम्म पाकिस्तान एकदिवसीयमा नम्बर एक थियो । पाकिस्तानको शीर्ष क्रमको ब्याटिङ र तीव्र गतिको बलिङ निकै राम्रो छ ।

न्युजिल्यान्ड पछिल्लो २ सिजनको एकदिवसीय र २०२१ मा टी–२० विश्वकपमा पनि फाइनल पुगेको टिम हो । यो टिमसँग अनुभवी र उत्कृष्ट खेलाडी छन् । जसले राम्रो प्रदर्शन गर्न सक्छ । त्यस्तै अष्ट्रेलिया र दक्षिण अफ्रिका सर्वाधिक स्कोर गर्ने टिम हुन् । यिनीहरुले पनि उपाधिका लागि कडा प्रतिस्पर्धा दिन सक्छन् ।

एसिया बाहिरका टिमलाई वातावरणले केही प्रभाव पार्न सक्छ ?

सम्भवत पार्न सक्छ । हुन त आइसीसीको सेतो बलवाला फर्म्याटमा पिच फ्ल्याट नै हुन्छ । तर कुनै स्थानमा स्पिनको प्रभाव पनि पार्न सक्ने पिच हुन्छ ।

उदाहरणका लागि अष्ट्रेलियालाई श्रीलंकाले लखनउमा गाह्रो पार्न सक्छ । श्रीलंकाले न्युजिल्यान्डलाई चेन्नईमा र बंगलादेश र अफगानस्तान दुवैलाई कडा चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ ।

किनभने, अफगानस्तान पनि पाकिस्तानको लागि ठूलो खतरा बन्न सक्छ । पाकिस्तानसँग कुनैपनि विकेट लिन सक्ने स्पिनर छैनन्, जब उनीहरु चेन्नईमा खेल्छन् । यो महत्वपूर्ण पक्ष हुन सक्छ ।

हाइप्रोफाइल प्रतियोगिता कहाँ र कहिले हुन्छ ?

धेरै जसो प्रतियोगिता अहमदबादमा हुन्छ । किनभने यहाँ विश्वकै सर्वाधिक क्षमताको रंगशाला छ । जसले विश्वका समर्थकहरुको स्वागत गर्न सक्छ ।

२०१९ का दुई फाइनलिष्ट इंग्ल्यान्ड र न्युजिल्यान्डको खेल ५ अक्टुबरमा अहमदाबादमा हुनेछ ।

दुई चीरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको खेल १४ अक्टुबरमा अहमदाबादमै हुने छ ।

त्यस्तै अष्ट्रेलिया इङ्ल्यान्डको खेल ९ नोभेम्बर र फाइनल १९ नोभेम्बर यहि हुनेछ ।

कुन कुन खेललाई निकै प्रतिस्पर्धी खेल भन्न सकिन्छ ?

भारत र अष्ट्रेलियाको रोमाञ्चक खेल चेन्नईमा हुनेछ । जुन १९८७ मा भएको विश्वकपको रोमाञ्चक खेलको याद दिलाउँछ । यी दुई टिमले ८ अक्टोबरमा चेन्नईमा खेल्नेछन् । इंग्ल्यान्ड र दक्षिण अफ्रिका, यी दुई टिम ब्याटिङमा निकै राम्रो लाइनअप भएका टिम हुन् ।

यिनीहरुले २१ अक्टोबरमा बाङ्खडे स्टेडियममा भिड्नेछन् ।

धर्मशालामा तीव्र गतिका बलरले केही फाइदा लिन सक्छन्, जहाँ २८ अक्टोबरमा अष्ट्रेलिया र न्युजिल्यान्ड भिड्नेछन् ।

२९ अक्टोबरमा भारत र इङ्ल्यान्डको टिम लखनउमा आमनेसामने हुन्छन् ।

म्याचको समय के हुनेछ ?

यी मध्ये ६ खेल दिनमा हुनेछन् । जुन १०ः४५ (नेपाली समयानुसार) हुनेछन् । अन्य खेल भने दिन रात फर्म्याटमा हुनेछन् । जुन दिउँसो २ः१५ (नेपाली समय) मा सुरु हुनेछ ।

वर्षा भएको खण्डमा रिर्जभ दिन छ ?

रिर्जभ दिन राखिएको छ । सेमिफाइनलबाट भने वर्षा भएको खण्डमा रिर्जभ डे राखिएको छ । सेमिफाइनल १५ र १६ नोभेम्बरमा मुम्बई र कोलकातामा हुनेछ । फाइनल खेल भने १९ नोभेम्बरमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?