News Summary
Generated by OK AI. Editorially reviewed.- सन्तोषी श्रेष्ठले भारतको राँचीमा भएको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा महिला ५००० मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित कांस्य पदक जिते।
- सन्तोषीले १५ मिनेट ३६:६२ सेकेण्डमा दौड पूरा गरी १५ वर्ष पुरानो कान्छिमाया कोजुको राष्ट्रिय कीर्तिमान तोडेकी हुन्।
- पुरुष ५००० मिटर दौडमा नेपालका मुकेश पालले १५ मिनेट २५.५४ सेकेण्डमा दौड पूरा गरी कांस्य पदक जितेका छन्।
७ कात्तिक, काठमाडौं । गोल्डेन गर्लको रुपमा परिचिति सन्तोती श्रेष्ठले अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
नेपालकी सन्तोषी श्रेष्ठले भारतको राँची, झारखण्डमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत महिला ५००० मिटर दौडमा कांस्य पदक जितेका छन् । यस्तै पुरुष ५००० मिटर दौडमा पनि नेपालका मुकेश पालले कांस्य पदक जिते ।

सन्तोषीले कान्छिमाया कोजुको नाममा रहेको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान सहित कांस्य जितेकी हुन् । उनले निर्धारित दूरी १६ मिनेट ३६:६२ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।
कान्छिमायाले सन् २०१० मा चीनको ग्यान्झाउमा भएको एसियन गेम्समा बनाएको १६ मिनेट ४९:९८ सेकेण्डको कीर्तिमान सन्तोषीको तोडेकी हुन् । यस इभेन्टमा भारतीय खेलाडीले स्वर्ण र रजत जिते ।

यस्तै मुकेशले निर्धारित दूरी १५ मिनेट २५.५४ सेकेण्डमा दूरी पूरा गरे । यस इभेन्टमा भारतका खेलाडीले स्वर्ण र श्रीलंकन खेलाडीले रजत जिते ।
प्रतिक्रिया 4