+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माछापुच्छ्रे बैंकको साधारण सभाबाट १४ प्रतिशत लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १५:०२

१८ असोज, काठमाडौं । माछापुच्छ्रे बैंकले सञ्चालक समितिले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित गरेको छ ।
बिहीबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न २५ औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।

साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ का लागि जीपी राजबहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा थियो । हाल बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको छ । बोनस सेयर वितरणपछि ११ अर्ब ६१ करोड नाघ्नेछ ।

बैंकको साधारणसभामा बोल्दै बैंक सञ्चालक समिति अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितीलाई मजबुत बनाउन योगदान पुर्‍याउने उद्देश्य बैंकले लिएको बताए । त्यसका लागि सन्तुलित रुपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा लगानी विस्तारलाई प्राथमिकतामा राख्दै सेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा रहेको उनले बताए ।

नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको र बैंक सधै अर्थपूर्ण मर्जरका लागि सकारात्मक रही सोही बमोजिम छलफलहरु समेत गर्दै आइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?