+
+

भारतीय युट्युबर ध्रुव राठी टाइम म्यागजिनको ‘नेक्स्ट जेनेरेसन लिडर्स’को सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १३:४८

काठमाडौं । भारतीय युट्युबर ध्रुव राठी प्रसिद्ध टाइम म्यागजिनको ‘नेक्स्ट जेनेरेसन लिडर्स’को सूचीमा परेका छन् । टाइम म्यागजिनले हरेक वर्ष प्रभावशाली व्यक्तिहरुको सूची सार्वजनिक गर्ने गरेको छ ।

सन् २०१४ बाट युट्युबमा भिडियो बनाएर पोस्ट गर्न थालेका राठीका हरेक भिडियो सामाजिक, राजनीतिक, शैक्षिक र वैज्ञानिक विषयवस्तुमा आधारित हुन्छन् । उनका हरेक भिडियोले मिलियन बढी भ्युज प्राप्त गर्ने गरेका छन् भने भारतीय मूलधारका मिडियाले गर्न नसकेको काम उनले गरिरहेको टिप्पणी हुने गरेछ ।

राठीको ‘ध्रुव राठी’ युट्युब च्यानलमा एक करोड ३१ लाखभन्दा बढी सब्सक्राइबर छन् भने हालसम्म ५७३ वटा भिडियो पोस्ट भएका छन् । उनको च्यानल भारतमा सबैभन्दा बढी हेरिनेमध्ये एक हो । उनको अर्को भ्लग च्यानलसमेत निकै रुचाइएको छ ।

भारतका मूलधारको मिडियाले विश्वसनीय समाचार प्रस्तुत गर्न नसकेको गुनासो सुनिंदै आएको परिप्रेक्ष्यमा राठीको कार्यले ‘फ्याक्ट चेकिङ’को काम समेत गरिरहेको बताइन्छ ।

भारतको हरियाणामा जन्मिएका २९ वर्षीय राठी जर्मनीमा मेकानिकल इन्जिनियरिङ पढेका हुन् । हाल उनी जर्मनीमै बसोबास गर्दै आएका छन् ।

ध्रुव राठीले भनेका छन्, ‘मेरो उद्देश्य हरेक विषयवस्तुलाई सकेसम्म सरल रूपमा प्रस्तुत गर्ने र जटिल विषयलाई सरल शब्दहरूले तोड्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?