+
+

कर सुधारसम्बन्धी उच्चस्तरीय समितिले थाल्यो काम

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १४:२८

१९ असोज, काठमाडौं । सरकारले कर सुधारका लागि गठन गरेको उच्चस्तरीय समितिले काम थालेको छ ।

समितिलाई सरकारले आन्तरिक राजस्व विभाग लाजिम्पाटमा कार्यस्थल तोकेको छ ।

समितिले यसै साताबाट काम सुरु गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

२९ भदौको मन्त्रिपरिषद्को निर्णय अनुसार विद्याधर मल्लिकको अध्यक्षतामा कर प्रणाली सम्बन्धी उच्चस्तरीय सुझाव समिति गठन भएको थियो ।

यस्तो समिति गठन गर्ने बारे आव २०८०/८१ को बजेटमै घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?