
१९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयक तथा सार्वजनिक प्रशासनबारे अध्ययन गर्न पूर्व प्रशासकहरुको कार्यदल बनाएको छ ।
शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले पाँच सदस्यीय कार्यदल बनाएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
उनका अनुसार कार्यदलमा पूर्वसचिव शारदाप्रसाद त्रिताल र पूर्णचन्द्र भट्टराई, पूर्व सहसचिव भगवत खनाल, पूर्व प्रशासक कृष्णप्रसाद अधिकारी र लिलाराज ढकाल छन् ।
यस्तै उर्जा क्षेत्रबारे अध्ययन गरी उर्जा नीति, योजना र मार्गचित्र तयार पारी पेश गर्न श्रीराम न्यौपानेको नेतृत्वमा अर्को कार्यदल बनाइको छ । कार्यदलमा पूर्वसचिव देवेन्द्र कार्की र उर्जाविद् सरोज अधिकारी रहेका रास्वपाले जनाएको छ ।
बैठकले पार्टीको केन्द्र, प्रदेश र स्थाीय तहमा नव प्रवर्तन तथा स्टार्टअप विभाग गठन गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया 4