+
+

हार्ड रक क्याफेमा बालबालिकाका लागि ‘मेस्सी किड्स बर्गर’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते १६:४४

दरबारमार्गस्थित हार्ड रक क्याफेमा यतिबेला वयस्कभन्दा बालबालिकाको जमघट छ । सेतो सेफ ह्याट लगाएका उनीहरु आफै बर्गर बनाउँदैछन् । आफै सर्भ गर्दैछन् । आफ्नै लागि ।

हुनपनि हार्ड रक क्याफेले बालबच्चालाई लक्षित गरेर मझौला आकारको बर्गर पेश गरेको छ । विश्वभरका हार्ड रक क्याफेले एकसाथ ‘मेस्सी किड्स बर्गर’ आफ्नो मेनुमा समावेश गरेको हो । विख्यात फुटबलर लियोनल मेस्सी हार्ड रक इन्टरनेशनलको ग्लोबल एम्बेसडर हुन् । उनैको नामबाट हार्ड रकले पहिलो पटक मेस्सी मेनु ‘द हार्ड रक मेस्सी किड्स’ समावेश गरेको हो ।

विश्वभरका हार्ड रक क्याफे, होटल र क्यासिनोमा ‘किड्स बर्गर’ उपलब्ध भएसँगै दरबारमार्गस्थित क्याफेले पनि यसलाई सार्वजनिक गरेको हो ।

भनिहालौं, हार्ड रक क्याफे अन्तर्राष्ट्रिय फ्रेन्चाइज हो, जसको स्थापना अमेरिकामा भएको थियो । ५२ बर्षअघि सुरु भएको यस क्याफे अहिले विश्वका थुप्रै मुलुकमा विस्तार भएको छ । काठमाडौं, दरबारमार्गस्थित यो क्याफे त्यसैको सिलसिला हो ।

शेर्पा मलको दोस्रो तलामा उक्लिएपछि भेटिने हार्ड रक क्याफे अमेरिकन परिकारका लागि विशेष मानिन्छ । खासगरी बर्गर यहाँको मूख्य आकर्षण हो । त्यसबाहेक पनि यहाँ अरु थुप्रै व्यञ्जनको स्वाद लिन पाइन्छ ।

यसपाली हार्ड रकले बालबालिकालाई लक्षित गर्दै मेनुमा अरु परिकार पनि थपेको छ । जस्तो मेस्सी एक्स बर्गर, मेस्सी गोल्डेन चिकेन स्याडविच, बेकन चीजबर्गर, हट डग ।

यसै मेसोमा हार्ड रर्कले मेसीलाई उद्गृत गर्दै विज्ञप्तीमा भनेको छ, ‘तीन सन्तानको बुवाको हैसियतले बालबालिकाहरुसँग मेरा सधै प्रेमिल सम्बन्ध छ । अब हार्ड रकमा हाम्रा परिवारहरुलाई विभिन्न प्रकारका स्वादिष्ट भोजन र रमाइलो अनुभव प्रदान गर्न बालबच्चाको मेनु सुरु गर्दैछौं ।’

दरबारमार्गस्थित हार्ड रक क्याफेले यही शनिवारदेखि बालबालिका लक्षित परिकारहरु सार्वजनिक गरेको हो । ‘हामीले पारिवारिक र बालमैत्री वातावरणका साथमा उनीहरुकै मेनु पेश गरेका हौं’ हार्ड रकका मिडिया संयोजक विनिशा सिंह वस्नेत भन्छिन्, ‘बालबच्चाको छुटै व्यञ्जन राख्न पाउँदा हामी उत्साहित छौं ।’

हार्ड रक इन्टरनेशनल विश्वका ७० बढी देशका २ सय ९० स्थानमा सञ्चालित छन् ।

यसरी सुरु भएको थियो हार्ड रक

पिटर मार्टन र आइज्याक टाइग्रेटले हार्ड रक क्याफे थिमको यो रेष्टुरेन्ट शुरु गरेका थिए । सन् १९९७ मा यसले आफूलाई थप परिमार्जन गर्दै रक एण्ड रोललाई पनि समावेश ग¥यो । अन्ततः यसले आफ्नै विशिष्ट व्यञ्जनसहित आगन्तुकलाई सांगीतिक खुराक पनि पस्किन थाल्यो ।

सन् २००६ हार्ड रक सेमिनोल फ्लोरिडाको जनजातिलाई बेचियो र यसको मुख्यालय ओर्लाण्डो फ्लोरिडामा सारियो । यसैको फ्रेन्चाइज अहिले विश्वभर फैलिएको छ । विश्वका ५० बढी मुलुकमा दुई सयको हाराहारीमा हार्ड रकको शाखा विस्तार भएको छ ।

हार्ड रक ब्राण्डमा क्याफे, होटल र क्यासिनोहरु सञ्चालनमा छन् । जुन २०२१ मा कम्पनीले आफ्नो ५० औं वार्षिकोत्सव मनाइरहँदा विख्यात फुटबलर लियोनल मेस्सीलाई हार्ड रकले आफ्नो ब्राण्ड एम्बासडरको रुपमा घोषणा ग¥यो ।

‘हार्ड रक’ ब्राण्डले समय र स्थान अनुसार सीमित संस्करण मात्र निकाल्ने भएकाले पनि यसको महत्व बढी हुने बताइन्छ । खासमा यो खानपानकै गन्तव्य हो । त्यसमा पनि बर्गरको ।

फोटो–भिडियो : शंकर गिरी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?