+
+

इजरायलका नेपालीबारे गृहमन्त्री श्रेष्ठको चासो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १३:००

२१ असोज, काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा रहेका नेपालीको अवस्थाप्रति चासो व्यक्त गरेका छन् ।

शनिबार प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच भीडन्त भएपछि त्यहाँ रहेका नेपालीको अवस्थाप्रति मन्त्री श्रेष्ठले चासो व्यक्त गरेका हुन् ।

श्रेष्ठले आइतवार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत ह्यानन गदरलाई सम्पर्क गरी फसेका नेपालीको अवस्था र उद्धारबारे जानकारी लिएका हुन् ।

गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै मन्त्री श्रेष्ठले उनीहरु र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका हुन् ।

नेपाली राजदूत रिजालले घाइते एवम् युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्धारको पहल गर्ने काम भैरहेको बताए ।

त्यस्तै इजरायली राजदूत गदरले नेपालीहरूलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?