 
																			२१ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सहुलियत पसलले बजारको अनियन्त्रित मूल्य वृद्धि नियन्त्रण गर्ने दाबी गरेका छन् ।
आइतबार दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत पसल उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । ‘चाडपर्वमा बजारमा हुने अवान्छित मूल्य वृद्धि रोक्न सरकारको सहुलियत पसलले सहयोग गर्छ,’ मन्त्री रिजालले भने, ‘सरकारी सहुलियत पसलले गुणस्तरीय, राम्रो खाद्यान्न उपलब्ध हुनेछ ।’ सहुलियत पसलबाट धेरै भन्दा धेरै लाभ लिन पनि उनले उपभोक्तालाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै उद्योग सचिव मुकुन्दप्रसाद निरौलाले सहुलियत पसलले बजारको मूल्यलाई नियन्त्रणमा राख्ने बताए । उनले सहुलियत पसललाई सधै सञ्चालन गर्ने वातावरण बनाइनु पर्ने बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाले उपभोक्तालाई राहत दिन कम्पनीले अनलाइन डेलिभरी, घुम्ती सेवा लगायतबाट खाद्य वस्तु आपूर्तिको व्यवस्था मिलाएको बताइन् ।
काठमाडौं उपत्यकासहित देशैभर उत्कृष्ट सेवा प्रदान गरेर सहुलियत पसल सञ्चालन गर्न कोसिस गरिएको भन्दै उनले सरकारबाट थप सहयोगको आवश्यकता भएको बताइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4