
२१ असोज,काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यावदले तरुण दलमा एकसे एक वलवान व्यक्ति रहेको बताएका छन् ।
तरुण दलका केन्द्रीय सदस्यहरुलाई सपथ गराउन आयोजित कार्यक्रममा बोल्ने क्रममा सहमहामन्त्री यादवले ४०० जनाको समितिमा एकसे एक होनाहार व्यक्ति रहेको बताए । तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवले भने, ‘एकसे एक वलवान छन् । अरु संगठनका यस्तै भ्रातृ संगठनकालाई एक्लै दश जनालाई ढाल्न सक्ने छन् ।’
तरुण दल जतिपनि खुकुरी खान तयार भएको तर डग्नेवाला नरहेको उनले बताए । तरुण दलसँग तागत रहेकाले डराउन नहुने भन्दै केन्द्रीय सदस्यहरुलाई ढाडस दिए । आववश्यक परेको बेलामा सडकमा निस्कनुपर्ने भएकाले तयारीमा रहन तरुण दललाई निर्देशन दिए ।
गठबन्धनको सरकार बनाउन अहिलेको वाध्यता रहेको सुनाउँदै यादवले माओवादी नेतृत्वको सरकार गठबन्धनको मर्म अनुुसार नहिंडेको बताए । ‘बैशाखी टेकेर किन सरकारमा जाने? तर हाम्रो वाध्यता छ । कोसिलन पार्टनर नेपाली कांग्रेससँग इमान्दार भइरहेको छैन,’ यादवले भने ।
यादवले केही दिन अघि भएको आक्रमण आफू माथि नभई तरुण दल, लोकतन्त्र, कांग्रेस सिध्याउनका लागि भएको बताए । पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त नहुन्जेलसम्म तरुण दलले विश्राम लिन नहुने उनले बताए । यादवले खाँण केही दिनमा नै रिहा हुने दाबी समेत गरे ।
प्रतिक्रिया 4