+
+

महराको बयान कागज : भेपबारे भन्सार कार्यालयलाई सोधेको हुँ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते १८:०३

२१ असोज, काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले चिनियाँ व्यापारीले ल्याएको भेपलाई लिएर आफूले भन्सार कार्यालयका प्रमुखलाई फोन गरेको स्वीकार गरेका छन् ।

विद्युतीय सिगरेट (भेप)मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले आइतबार सरकारी वकिलको कार्यालयमा बुझाइएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छैन

महराले गरेको बयान कागज भने प्रचिवेदनमा संलग्न छ, जसमा महराले ७३० थान भेप्स भन्सार कार्यालयले जफत गरेको तीन दिनपछि दावोजिन वाङले के भएको हो बुझिदिनुपर्यो भनेर आफूलाई भनेको बताएका छन् । ‘मैले अरुण पोखरेललाई पहिलादेखि चिनेको हुनाले के कसो भएको हो ? कानुन बमोजिम के गर्न मिल्छ, हेरिदिनु होला भनेर फोन गरेको हो’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन् ।

यही विषयलाई लिएर आफ्नो छोरा राहुलले पनि पोखरेललाई सम्पर्क गरेको उनले बताएका छन् ।

उनका अनुसार दावोजिनसँग उनको पुरानै चिनजान हो । आफूलाई फलफूल व्यापारीका रुपमा चिनाएको भन्दै उनले भनेका छन्, ‘निजसँग समान्य विषयमा फोनमा कुराकानी हुने गर्दथ्यो । यो बाहेक निजसँग अन्य कुनै विषयमा कुराकनी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?