+
+

एसियाडबाट फर्किए नेपाली खेलाडी (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १३:२१

२३ असोज, काठमाडौंं । चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी भएर नेपाली टोली स्वदेश फर्किएको छ ।

एक रजक र एक कास्यपदक जितेर फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद र खेलाडीका आफन्तजनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनीहरुले खेलाडीलाई खादा र फूलले स्वागत गरेका थिए ।

नेपाली महिला कबड्डी टोलीले कास्य पदक र करातेको ६८ केजी समूहमा धादिङकी एरिका गुरुङले रजत पदक जितेकी थिइन् ।

रजत विजेता, कांस्य विजेता खेलाडीको टोलीसहित भारोत्तोलन, डान्स स्पोर्टस् क्यानोइका खेलाडीहरु काठमाडौं आइपुगेका हुन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?