+
+

जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १७:१९

२४ असोज, काठमाडौं । नेपालको अग्रणी स्टिल उद्योग जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।

शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १७ असोजमा आईपीओ निष्कासनको स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनाीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँको दरले आईपीओ जारी गर्ने भएको हो ।

जगदम्बाले प्रतिकित्ता ३ सय रुपैयाँका दरले प्रिमियममा आईपीओ जारी गर्ने निवेदन पेश गरेको छ । कुल ६ अर्ब रुपैयाँको आईपीओ जारी गर्ने तयारी कम्पनीको छ ।

जगदम्बा स्टिल्सले सर्वसाधारणलाई दुई करोड कित्ता सेयर दिँदैछ । कम्पनीले २ करोड ७० हजार कित्ता साधारण सेयर जारी गरेर ६ अर्ब २ करोड १० लाख रुपैयाँ लगानी जुटाउन लागेको हो ।

कम्पनीले आईपीओ निष्कासका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलले लिमिटेडलाई नियुक्त गरेको छ ।

नेपालकै ठूलो कम्पनी जगदम्बाले कुल स्टिल्स उद्योग बजारको ३५ प्रतिशत हिस्सा ओगट्छ । बजारमा भएकामध्ये पछिल्लो १५ वर्षदेखि सबैभन्दा धेरै विद्युत् खपत गर्ने उद्योगको पहिचान पनि जगदम्बासँगै छ ।

उद्योगको पछिल्लो विवरणअनुसार प्रतिमहिना २० करोड रुपैयाँ विद्युत् महसुल भुक्तानी गर्छ । गत वर्ष मात्रै कम्पनीले सरकारलाई ६ अर्ब ३५ करोड रुपैयाँ कर तिरेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा १० करोड ६ लाख आयकर तिरेको कम्पनीले सो वर्ष ४ अर्ब ८३ करोड रुपैयाँ भ्याट संकलन गरेको थियो ।

यस्तै एक अर्ब ४१ करोड २५ लाख रुपैयाँभन्दा धेरै रकम भन्सार शुल्क सरकारलाई बुझाएको थियो । गत आर्थिक वर्षमा कम्पनीले ४० अर्ब १७ करोड सञ्चालन आम्दानी गरेको थियो ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा ४९ अर्ब ७४ करोडको कारोबार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?