
२५ असोज, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अमेरिकाको न्यूयोर्कका मेयरलाई दौरा सुरुवाल र ढाकाटोपी उपहार दिएका छन् ।
अमेरिका भ्रमणमा रहेका कोइरालाले न्यूयोर्कका मेयर एरिक एडम्सलाई भेटेर दौरा सुरुवाल र ढाका टोपी उपहार दिएका हुन् ।
भेटका क्रममा मेयर कोइरालाले मेयर एडम्सलाई विराटनगर भ्रमणको निम्तो दिएका थिए । जवाफमा एडम्सले विराटनगर भ्रमणमा आउन आफू इच्छुक रहेको बताए ।
मेयर कोइराला र एडम्सबीच विराटनगर र न्यूयोर्कबीच भगिनीसम्बन्धका विषयमा समेत छलफल भएको थियो । विराटनगर आएको समयमा दुई सहरबीचको भगिनीसम्बन्धमा हस्तान्तरण गर्ने एडम्सले प्रतिबद्धता जनाएको मेयर कोइरालाका अन्तर्राष्ट्रिय सल्लाहकार सोमनाथ घिमिरेले जानकारी दिए ।
मेयर कोइरालाले न्यूयोर्क सिटी काउन्सिलर शेखर कृष्णनसँग पनि भेट गरेका छन् । यसअघि मेयर कोइरालाले सिनेटर माइकल जियानारिस, न्यूयोर्क सिटी शिक्षा समितिका अध्यक्ष एवं न्युयोर्क राज्यका सेनेटर जोन सी लिउलगायतसँग भेट गरेका थिए ।
मेयर कोइराला संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी हुन १० असोजमा अमेरिका गएका थिए ।
प्रतिक्रिया 4