+
+

यस वर्ष दयाहाङका १० फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १३:४४

काठमाडौं । दयाहाङ राई अहिलेका सर्वाधिक व्यस्त अभिनेता हुन् । उनको व्यस्तता यस वर्ष रिलिज हुने फिल्मको सूचीले नै पुष्टि गर्छ ।

२०८० सालमा उनी अभिनित १० फिल्म प्रदर्शनमा आउने देखिएको छ । वर्षको सुरुवात वैशाख १ गते उनका दुई फिल्म एकैसाथ रिलिज भए, ‘जारी’ र ‘बिहेपास’ । ‘जारी’ ब्लकबस्टर बन्यो । केही समयअघि ‘नीरफूल’ र ‘नांगो गाउँ’ रिलिज भइसकेका छन् ।

कात्तिक २४ मा दयाहाङको शीर्ष भूमिका रहेको ‘दिमाग खराब’ प्रदर्शन हुनेछ । माघ २६ मा ‘हात्तीछाप’, फागुन २५ मा ‘लोकल हिरो’ र ‘रंगेली’ रिलिज हुनेछन् । पुसतिर ‘गाउँ आएको बाटो’ प्रदर्शनको तयारी छ । नयाँ वर्षमा ‘डिग्री माइला’ रिलिज हुनेछ ।

डिग्री माइलाको पहिलो चरणको छायांकन सकियो

रामबाबु गुरुङ निर्देशित प्रतीक्षित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो चरणको छायांकन टुंगिएको छ । दुई सातासम्म ओखलढुंगाको रुम्जाटारमा चलेको सुटिङले अब चिसो याम कुर्नेछ ।

तिहारपछि सुरु हुने विन्टर सिजनमा दोस्रो चरणको सुटिङ हुने निर्देशक गुरुङले जानकारी दिए । ‘तिहारपछिको चिसोमा पुनः ओखलढुंगा र बाँकी काठमाडौंमा छायांकन तयारी छ,’ उनले भने, ‘अहिलेलाई हामी सबैजना काठमाडौं फर्किएका छौं ।’

पहिलो चरणको छायांकन सकिएपछि अभिनेता दयाहाङ राई अहिले ‘रंगेली’को सेटमा ज्वाइन भएका छन् । पूर्वी नेपालका विभिन्न थलोमा यो फिल्मको सुटिङ चलिरहेको छ । दयाहाङकै चर्चित नाटकमाथि बनिरहेको डिग्री माइलालाई लिएर बनेको यो फिल्मलाई बाँसुरी फिल्म्सले निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?