+
+

कोशीमा सहमतिकै सरकार बनाऔं : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते ८:५७

२७ असोज, धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी )का अध्यक्ष माधवकुमार नेपालले कोशीमा एमालेसहितको सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

नेपालले केन्द्रीय गठबन्धनअनुसार सरकार बनोस् भन्ने चाहाना भए पनि जटिल परिस्थितिका कारण सहमतिकै सरकार बनाउनुपर्नेमा बताएका हुन् । ‘माथि गठबन्धन सरकार छ कोशीमा पनि त्यही अनुसार होस् । सहमतिकै सरकार बनाउ आलोपालो गरेर एमाले माइनस गर्ने होइन,’ समाजवादी प्रेस संगठनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन उनले भने, ‘त्यहाँ जटिलता छ । बहुमत पुर्‍याउन सकिने अवस्था छैन । सामान्य अवस्था होइन सहमतिकै सरकार बनाऔं ।’

उनले  मध्यावधिमा जान नहुने पनि बताए ।

कोशी प्रदेश सरकारको विषय जटिलता खडा भएका बेला केन्द्रीय गठबन्धनभित्र आन्तरिक द्वन्द्वले समस्या देखिए पनि त्यस्तो जटिलता हुने लक्षण भने नभएको उनले दाबी गरे ।

कांग्रेसले  आफ्नो समस्या आफैं हल गर्छ भन्नेमा आफू  विश्वस्त रहेको उनको भनाइ छ ।

कोशीमा कुनै पनि राजनीतिक दलबाट मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेपछि अहिले संविधानको धारा १६८ को (५) अनुसार सरकार गठन प्रक्रियामा छ । यसअनुसार बहुमति पुर्‍याउन सक्ने प्रदेश सभा सदस्य मुख्यमन्त्री चयन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?