+
+

यस्तो छ दीपिका पादुकोणको ‘सिंघम लेडी’ अवतार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १२:४१

काठमाडौं । निर्देशक रोहित शेट्टी ‘सिंघम’ र ‘सूर्यवंशी’पछि आफ्नो ‘कप-युनिभर्स’लाई पुनर्जीवित गर्ने तयारीमा छन् । यो फिल्ममा अजय देवगण मात्र नभई रणवीर सिंह र अक्षयकुमार पनि विस्तारित क्यामियो भूमिकामा देखिनेछन् ।

अब रोहितले चौंथो जासूस क्यारेक्टरको घोषणा गरेका छन् । उनी अरु कोही नभई अभिनेत्री दीपिका पादुकोण हुन् । साथै, ‘लेडी सिंघम’को भूमिकामा दीपिकाको क्यारेक्टर लुक्स पनि सार्वजनिक गरेका छन् । दीपिकाले ‘पठान’मा शीर्ष भूमिका निर्वाह गरेकी थिइन् ।

रोहित र दीपिकाले ‘चेन्नई एक्सप्रेस’पछि ‘पुलिस ब्रह्माण्ड’मार्फत पुनः सहकार्य गर्न लागेका हुन् । सिंघको आगामी श्रृंखलामा भव्यरुपमा देखिने दीपिकाको नयाँ अवतार प्रस्तुत गर्दै रोहितले उनको क्यारेक्टरबारे खुलाएका छन् ।

फिल्ममा दीपिकाले प्रहरी अफिसर शक्ति सेट्टीको भूमिका निर्वाह गर्ने जनाइएको छ । सामाजिक संजालको पोस्टमा दीपिकाको भूमिकाबारे वर्णन गर्दै रोहितले लेखेका छन्- हाम्रो कप युनिभर्सको सबैभन्दा हिंस्रक र क्रुर अफिसरलाई भेट्नुहोस् । शक्ति सेट्टी । माई लेडी सिंघम । दीपिका पादुकोण ।’

महिला सीताबाट कसरी दुर्गामा परिणत हुन सक्छिन् भन्ने उल्लेख गर्दै उनले लेखेका छन् – नारी सीताको रुप हुन् र देवी दुर्गाको पनि ।’ दीपिकाको यो लुक्सलाई सामाजिक संजालमा निकै रुचाइएको छ । फ्यानले यसबारे उत्साहपूर्ण प्रतिक्रिया दिएका छन् ।

चाखलाग्दो कुरा के छ भने, पादुकोण एकमात्र यस्ती एक्ली अभिनेत्री हुन् जो जासूसको साथसाथै रोहित र आदित्य चोपडाले बनाएको ‘कप युनिभर्स’को एक हिस्सा हुन् । यो फिल्मले सिम्बाको चरित्र निर्वाह गर्ने उनका पति रणवीर सिंहसँग यो ब्रम्हाण्डमा उनको पहिलो सहकार्यलाई दर्शाउँछ ।

दीपिकाले यो फिल्ममा पति उर्फ सिम्बासँग स्क्रिन सेयर गर्छिन् वा गर्दिनन्, यसबारे खुलाइएको छैन । सिंघम अगेन आगामी महिनादेखि छायांकन जाने तयारीमा छ । सिंघमको यो तेस्रो सिक्वेल हुनेछ भने कप-युनिभर्सको पाँचौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?