+

कानमा केही अड्कियो, तर निकालिएन भने के हुन्छ ?

२०८० असोज  ३० गते १३:५३ २०८० असोज ३० गते १३:५३
Shares
कानमा केही अड्कियो, तर निकालिएन भने के हुन्छ ?

कैयौंपटक खेल्दा, सुत्दा समयमा कानमा कीरा वा फोहोर पस्न सक्छ । विशेषगरी बालबालिकामा यस्तो समस्या देखिन सक्छ । जसले कानमा सहन नसक्ने पीडा हुन सक्छ । लामो समयसम्म कानमा पसेको वस्तुले पीडा मात्र नभई कानमा असर समेत गर्न सक्छ ।

यस्तोमा कानमा केही पसे के गर्ने ? कसरी निकाल्ने ?

कानभित्र कपास, कपडाको टुक्रा, अन्न जस्तै मकै, चना, केराउ, चामल, फलाम वा धातुको टुक्रा बच्चाको कानमा खेल्दाखेल्दै पर्न सक्छ । त्यस्तै, वयस्क समूहको कानमा भने लामखुट्टे, साङ्ला, कमिला पस्न सक्छ । कहिलेकाहीं कान चिलाउँदा कान कोट्याउन सलाईको काँटी, सिन्का, एयरबडको कपास पनि कानभित्र पस्न सक्छन् ।

सम्भव भएसम्म चिकित्सको निगरानीमा निकाल्नर्छ

कानभित्र पसेका वस्तु सकेसम्म चिकित्सकको निगरानीमा निकाल्नुपर्छ । किनभने चिकित्सकलाई कुन वस्तु कसरी निकाल्नुपर्छ भन्ने कुराको अनुभव र अध्ययन हुन्छ ।

कानमा पसेको वस्तु अनुसारकै विभिन्न थरीका साधनबाट निकाल्न सकिन्छ । कागजको टुक्रालाई निकाल्न चिकित्सकले फोरसेपको प्रयोग गर्न सक्छन् । कानमा कीरा पसे तेल हालेर मारेर मात्र निकालिन्छ । गेडागुडी अड्किए पानी र सुई हालेर निकालिन्छ । फलामजस्ता धातुलाई भने सहजै निकाल्न कठिन हुन्छ । त्यसलाई निकाल्न लोकल एनेस्थियामार्फत सुई दिएर फोरसेप वा हुपबाट निकाल्नुपर्ने हुन्छ । कहिलेकाहीं ठूलो वस्तु पस्दा सुई र फोरसेपले पनि निकाल्न नसकिने अवस्था हुन्छ । त्यस्तोमा कानको पछाडिको भागको शल्यक्रिया गरेरै निकाल्नुपर्छ ।

कानभित्र केही अड्किए आफै निकाल्न सकिन्छ ?

कानमा केही पस्नेबित्तिकै सम्भव भएसम्म छिटो निकाल्नुपर्छ । कानमा केही पसेको छ तर तत्काल अस्पताल पुग्न सम्भव छैन भने सावधानीपूर्वक आफैंले पनि निकाल्न सकिन्छ । यस्तोमा कानलाई भुईंतिर झुकाएर, हल्लाएर ट्वीचरले बाहिर निकाल्न सकिन्छ । तर औंला भने कानमा हाल्नुहुँदैन ।

यदि कुनै वस्तु देख्न सकिंदैन भने ट्वीचर प्रयोग गर्नुहुँदैन । ट्वीचरको प्रयोग गर्दा कानको जाली फुटेर कानबाट रगत बग्न सक्छ, जसले गहिरो दुखाइ र श्रवणशक्ति गुम्न पनि सक्छ । जथाभावी आफैं निकाल्न खोज्दा कानको जालीमा घाउ हुने, अड्किएको वस्तु झन भित्र पस्ने हुन सक्छ । जस्तै, गेडागुडी पस्दा पानी वा तेलमा हाल्दा फुल्ने र आकार ठूलो भई निकाल्न सकिंदैन ।

अड्किएको स्तु निकालिएन भने के हुन्छ ?

धेरैको बानी दुखाइ भए पनि सहेरै बस्ने बानी हुन्छ । फलस्वरुप कानभित्र कुनै वस्तु पसेर निकाल्दा भित्रै कुहिने, कान पाक्ने, दुखाइ बढ्ने, रगत आउने र कानको जाली नै फुट्ने सम्भावना रहन्छ । कानको जाली फुटेपछि कान नै नसुन्नेसम्मको जोखिम हुन सक्छ ।

(नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. यादव वीर अस्पतालका असिस्टेन्ट प्रोफेसर समेत हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

कान डा. ओमप्रकाश यादव स्वास्थ्य
डा. ओमप्रकाश यादव
लेखक
डा. ओमप्रकाश यादव
नाक, कान तथा घाँटीका सिनियर शल्यचिकित्सक

मेडिकल काउन्सिल दर्ता नम्बर : ७९४१ एमबीएस, एमएस हाल वीर अस्पताल र बीपी स्मृति अस्पताल, बसुन्धरामामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग