+
+

राप्रपाले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, विपक्षमा बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १२:२७
राप्रपा संसदीय दलका नेता भक्ति सिटौला

१ कात्तिक, विराटनगर । राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री कार्कीले आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन् । सत्तारूढ गठबन्धन र नेकपा एमालेले उनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । ‘प्रदेशमा विपक्षी चाहिन्छ, हामी विपक्षीमा बस्छौं,’ राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले भने ।

बुधबार बिहान बसेको नेकपा एमाले र नेपाली कांग्रेस दलको छुट्टाछुट्टै बैठकले विश्वासको मत दिने निर्णय गरेका थिए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले यसअघि नै विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?