+
+

हमासको आक्रमणमा मृत्यु भएका ४ जनाको शव धनगढी लगियो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ५ गते १७:५९

५ कात्तिक, काठमाडौं । इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये काठमाडौं ल्याएका चार जनाको शव धनगढी लगिएको छ ।

नेपाली सेनाको स्काई ट्रकमार्फत चार जनाको शव धनगढी विमानस्थल लगिएको नेपाली सेनाले जनाएको छ ।

दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशिष चौधरीको शव नेपाल आज बिहान काठमाडौँ ल्याइएको थियो ।

काठमाडौं ल्याइएका चारवटै शवलाई अपराह्न नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो ।

उनीहरू शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरेका थिए ।

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार अन्य ६ जना नेपालीको शव भने पहिचान गर्ने र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएको छ ।

कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?