+
+

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ६ गते १२:३५

६ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको नवौं दिन महानवमीमा नवकन्याको पूजा गरेका छन् ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विशेष समारोहकाबीच नवदुर्गाको अवतारस्वरुप नवकन्याको पूजा गरेका हुन् ।

राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए ।

हरेक वर्ष दशैंको अवसरमा महानवमीको दिन राष्ट्र प्रमुखले नवकन्याको पूजा गर्ने प्रचलन रहेको छ ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नवकन्याको पूजा गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?