+
+

कागजी किताबको साटो स्क्रिनमा पढ्दा कस्तो असर पर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ९ गते १५:१३

पढेर के सिकिन्छ ? पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिएको यसको उत्तरले सायद पढ्नुको खास अर्थलाई बुझाउँछ । ओबामाका अनुसार आफू को हुँ र केमा विश्वास गर्दछु भन्ने कुरा उनले पढेरै सिकेका छन् ।

पढ्ने बानीले वास्तवमा तनाव कम गर्दछ, दिमागलाई सक्रिय राख्दछ र संवेदनाको स्तरलाई पनि अब्बल बनाउँदछ । साथी किताबमा रहेका धेरै ज्ञान तथा जानकारीहरु पनि हासिल गर्न सकिन्छ ।

न्युयोर्कस्थित द न्यू स्कुल फर सोसल रिचर्सका अनुसार किताब पढ्नाले व्यक्तिको विद्यमान सिद्धान्तमा पनि परिवर्तन आउन सक्दछ ।

तर, आज कागज वा किताबमा आधारित पढाइबाट मानिसहरु विस्तारै कम्प्युटर, ट्याबलेट, मोबाइल जस्ता डिजिटल उपकरणमा पढाई गर्नेतर्फ अगाडि बढिरहेका छन् । खासगरी कोभिड महामारीपछि डिजिटल माध्यमबाट स्क्रिनमा सामग्रीहरु पढ्ने चलनमा तिव्र वृद्धि भएको छ ।

अनस्क्रिन पढ्नुका फाइदा 

उसो त डिजिटल माध्यमबाट पढ्दाका केही खास फाइदाहरु पनि छन्, जस्तो कि कम मूल्यमै यस्ता किताब पढ्न पाइन्छ जसको हार्डकपी निकै महँगो पर्दछ । तर विभिन्न शोधहरुले भने यस्तो डिजिटल पढाइका विभिन्न बेफाइदाहरु पनि रहेको देखाएका छन् ।

बीबीसी रिलमा प्रकाशित एउटा कथा ह्वाट डज रिडिंग अन स्क्रिन डू टु आवर ब्रेनका अनुसार डिजिटलाइजेसनको प्रभावका विषयमा शोध गर्नका लागि ३० भन्दा धेरै देशका शोधकर्ता तथा वैज्ञानिकरुलाई एकजुट पारियो ।

उक्त शोधकर्ता मध्येका एक नर्वेस्थित स्टवान्गर विश्वविद्यालयका प्राध्यापक तथा लेखक ऐनी मेंगेन भन्छिन्, ‘यस्ता कैयन् चिजहरु छन् जो हामीले स्मार्टफोनमा पढ्न सक्छौं, जस्तै छोटा समाचार अपडेट आदि । तर हाम्रो अध्ययनका क्रममा के पाइएको छ भने कागजमा पढ्नुको तुलनामा स्क्रिनमा पढिएका सामग्रीहरुको सहज बुझाइ कम हुन्छ ।

अमेरिकी गैरसरकारी संस्था सेपियन ल्याब्सको एक ताजा रिपोर्ट अनुसार कम उमेरमा बालबालिकाहरुलाई स्मार्टफोन दिनुका बेफादाहरु उनीहरुको युवाअवस्थामा देखा पर्दछन् ।

साइन्टिफिक अमेरिकानाका अनुसार कागजको तुलनामा जब हामी स्क्रिनमा पढ्दछौं तब हाम्रो मस्तिष्कले धेरै संशाधनहरुको प्रयोग गर्दछ । अनि हामीले जुन कुरा स्क्रिनमा पढ्दछौं त्यसलाई लामो समयसम्म स्मरणमा राख्न पनि कठीन हुन्छ ।

त्यसोभए हामीले के र कति पढ्छौं भन्ने भन्दा पनि महत्वपूर्ण कुरा हामीले त्यो कुरा के माध्यमबाट पढ्छौं भन्ने हुन्छ ।

किनकि लेखपढ गर्दा कुनै पनि मानिसको दिमागमा प्रभाव पर्दछ । यसले व्यक्तिको दृश्यात्मक तर्क, भाषागत तर्क तथा सोाचका साथै संवेगात्मक तर्कलाई समेत एक नयाँ सम्बन्धको साथमा जोड्दछ ।

सबै किताब किनेरै पढ्नुपर्छ भन्ने पनि छैन । विद्यालय तथा आसपासका पुस्तकालयबाट समेत किताब लगेर पढ्न सकिन्छ ।

अहिले बालबालिकाहरुको अगाडि ध्यान भड्काउनका लागि ग्याजेट्स लगायतका विभिन्न खालका चिजहरु छन् । तर बच्चालाई ग्याजेट हेर्नुको साटो किताबहरु पढ्नका लागि प्रोत्साहित गर्नुपर्दछ ।

विज्ञ भन्छन्, ‘बच्चालाई कम्तिमा पनि १४ वर्षको उमेरसम्म किताब नै पढ्नमा जोड दिनुपर्छ । त्यसक्रममा आमा बुवाले आफ्ना बच्चालाई विद्युतीय ग्याजेट्सबाट पूर्णरुपमा टाढा राख्ने केासिस गर्नुपर्छ । त्यसले बच्चाहरुमा पछि गएर समेत किताबप्रतिको आकर्षण कायम रहन्छ र स्क्रिनले आँखामा नोक्सानी गर्ने जोखिम पनि कम हुन्छ ।

पढ्नुका तीन चमत्कारिक फाइदाहरु

बीबीसीका डेनियल निल्स रोबर्टस्को रील ह्वाट डज रिडिंग अन स्क्रिन डू टू आवर ब्रेनमा बेलायती लेखक क्रेसिडा कावेलले बताए अनुसार पढाइबाट मानिसमा तीनवटा चमत्कारी गुण आउँछन् : रचनात्मकता, ज्ञान र सहानुभूति ।

उनी भन्छिन्, ‘कुनै पनि बच्चालाई पढ्न मन पर्छभने त्यसका दुईवटा फाइदा छन् । एउटा त उसको ज्ञानको दायरा बढ्छ भने अर्को भविष्यमा ऊ आर्थिक रुपमा पनि सफल हुनसक्छ । पठनका अन्य फाइदा यस्ता छन् :

  • रचनात्मकता, ज्ञान र सहानुभूतिमा वृद्धि हुन्छ
  • मस्तिष्कमा भिजुअल, भाषा तथा संवेगात्मकता तार्किकतामा नयाँ सम्बन्ध स्थापित हुन्छ
  •  ज्ञान तथा आर्थिक दायरा पनि वृद्धि हुन्छ
  • किताब पढ्दा हाम्रो दिमाग शान्त हुन्छ र तनाव कम हुन्छ
  • स्क्रिनमा पढिएका चिजहरु लामो समयसम्म स म्झिन पनि गाह्रो हुन्छ

पढाइको सुरुवात कहिले भयो ?

What Does Reading On-screen Do To Our Brain  नामक बीबीसी रिलमा अनुसन्धानकर्ता मेरिएन उल्फ भन्छिन्, ‘पढ्नु एक कला हो, जसको सुरुवात ६ हजार वर्षअघि भएको थियो ।’

उनी भन्छिन्, ‘यसको सुरुवात चाहिं आफूसँग कतिवटा मदिराका भाँडा छन् ? कतिवटा भेंडा छन् ? भन्ने खालको गणनाबाट भएको थियो ।

जब वर्णमाला बन्यो त्यसको माध्यमबाट मानिसहरुले कुनै पनि चिजलाई पढेर स्मरा गर्ने तथा जानकारी हासिल गर्ने कला सिके ।

किताब किन पढ्नुपर्छ ?

कला तथा मानविकी विषयमा सह निर्देशक प्राज्ञ सल्लाहकार डाक्टर एमिली बुलक तथा सिर्जनात्मक लेखन विषयका प्राध्यापक डाक्टर जोआन रियरडनले बनाएको उक्त रिलमा ब्लाक गर्ल्स बुक क्लबकी निर्देशक नताली कार्टर भन्छिन्, ‘किताबले हाम्रो जीवनलाई अनुभव प्रदान गर्दछ । किताबहरु जानकारीले भरिपूर्ण हुन्छन् । यसले हाम्रो समाजका बारेमा बताउँछन् । त्यसैले सबैले किताब पढ्नुपर्छ ।’

नतालीका अनुसार भविष्यमा स साना कथाहरुको संग्रह बजारमा धेरै देखिनेछ भने किताबको आकार पनि घट्नेछ । तर यदि किताबको अस्तित्व नै मेटियो भने मानिस समेत समाप्त हुने र जीवन निकै कष्टप्रद बन्ने उनको भनाइ छ ।

पुस्तकको माध्यमबाट उपचार गर्ने बिब्लियोथेरापिस्ट एला बर्थोड भन्छिन्, ‘यदि किताब हुन्नथे भने हामी अहिलेको जस्तो मानिस नै हुन्नथ्यौं । मानव जीवनमा आगो पैदा गर्ने शक्ति तथा पढ्ने रुची कै कारणले गर्दा सबैभन्दा ठूलो परिवर्तन आएको हो ।’

बिब्लियोथेरापीका माध्यमबाट एकजना मानिसको मनस्थितिको उपचार गरिन्छ । यसमा अन्य पारम्परिक चिकित्सा पद्धतिहरुसँगै किताब पढ्ने काम पनि सामेल हुन्छ ।

एला बर्थोड भन्छिन्, ‘एक शानदार कथा पढ्नु मनोरञ्जन भन्दा पनि निकै उत्तम हो । पढ्नु भनेको एक प्रकारले चिकित्सकीय उपचार जस्तै फाइदाजनक हुन्छ ।’

पढ्नुका फाइदाबारे उदाहरण दिँदै उनी सल्लाह दिन्छिन्, ‘कुनै बन्द ठाउँमा निसास्सिएको जस्तो अनुभूति गर्न, थकावट तथा क्रोध जस्ता चिजको लागि जोर्बा द ग्रिक पढ्नुहोस् ।’

बर्थोडका अनुसार गहन पढाईबाट हाम्रो दिमाग ध्यानको स्थितिमा जान्छ । यो त्यस्तो प्रक्रिया हो जसले हृदयको धड्कनलाई सन्तुलित बनाउँछ । यसबाट मन शान्त हुन्छ र यसले हाम्रो दिमागमा चलिरहेको चिन्तालाई पनि घटाइदिन्छ ।

-बीबीसीको सहायेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?