+
+

प्रधानसेनापति शर्मा चीन प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते १९:२९

१० कातिक, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चीन भ्रमणमा गएका छन् । प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरमको उद्घाटन समारोहमा सहभागी हुने छन् ।

साथै चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले सियान सिटी,  साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्ने कार्यक्रम छ । उनी कात्तिक १६ गते स्वदेश फर्कने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?