+
+

बेलायती संसद भवनको विशेष समारोहमा अभिनेत्री मनिषा कोइराला सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १२:०९

काठमाडौं । अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवन हाउस अफ कमन्समा आयोजित समारोहमा सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले विशेष समारोहमा कोइरालालाई सम्मान प्रदान गरेको हो ।

बेलायतको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले उक्त सम्मान प्रदान गरे । फिल्म, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि मनिषालाई उक्त सम्मान प्रदान गरिएको अखबारले जनाएको छ ।

बेलायतको दक्षिण एसियाली समुदायबीच लोकप्रिय उक्त अखबारलाई निःशुल्क वितरण गर्ने गरिन्छ । सम्मान ग्रहण गरेलगत्तै मनिषाले सामाजिक सञ्जालबाट तस्वीर सेयर गर्दै सम्मानित हुन पाउँदा खुसी लागेको बताएकी छन् ।

उनी लेख्छिन्, ‘म इमरान हुसैनी सांसद र एसियन स्ट्यान्डर्ड न्युजपेपरको मुख्य सम्पादक फातिमा पटेललाई बेलायती संसदमा उनीहरुको प्रतिभा, लचिलोपन र दयाको प्रतीकका रूपमा मलाई समावेश गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । म यो भव्य समारोहको बीचमा उभिन पाउँदा सम्मानित महसुस गर्छु । फातिमाको कथा आफैंमा अत्यन्तै प्रेरणादायी छ । उनी अझै समृद्ध हुनेछिन् । भगवानले तपाईंलाई आशिष दिनुहुनेछ र म यो सम्मानका लागि आभार व्यक्त गर्छु ।’

नेपालमा परिवार र पूर्वराजा ज्ञानेन्द्र शाहसँग दशैंको टीका लगाएपछि उनी सम्मान ग्रहणका लागि बेलायत प्रस्थान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?