+
+

नेपाल प्रहरीका प्राविधिक पदमा भर्ना खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते ९:०१

१७ कात्तिक, काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुलेको छ ।

सञ्चार निर्देशनालयतर्फका प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि भर्ना खुलेको छ ।

यसैगरी सूचना प्रविधि निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकमा जम्मा १६ जनामा भर्ना खुलेको छ ।

यस्तै भौतिक पूर्वाधार निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियरिङ, सर्भे, स्यानेटरी र सिभिलतर्फ ८ जनामा भर्ना खुलेको छ ।

यसैगरी अटोमोबाइल, भेटेरिनरी, हातहतियार, एमबीबीएस मेडिकल अफिसर, अस्पताल व्यवस्थापन अधिकृत, स्टाफ नर्स, फिजियोथेरापी, फार्मेसी असिस्टेन्ट, ल्याब असिस्टेन्ट, सीएमए र एएनएममा पनि भर्ना खुलेको छ ।

दरखास्त दिने म्याद मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म छ । प्रहरी निरीक्षक वा सोसरहको पदका लागि २० वर्ष पूरा भई ३२ वर्ष ननाघेको, प्रहरी नायब निरीक्षक पदका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भई २८ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

(यसअघि समाचारमा नेपाल प्रहरीमा भर्ना खुलेको हुनुपर्नेमा सशस्त्र प्रहरी उल्लेख भएकाले सच्याइएको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?