
२१ कात्तिक, बुटवल । भैरहवाबाट घुम्न आएका एक युवकको पाल्पाको भुतखोलामा डुबेर मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका वडा नं. ३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ का विमल आचार्यको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठका अनुसार भुतखोलामा रहेको पर्यटकीय स्थल (गहिरो दह) मा डुबेका आचार्यको उपचारको लागि अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
आचार्यसँगै घुम्न आएकी युना दाहालको बुटवल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
भुतखोलामा घुम्न जाने मध्ये कतिपयको हरेक वर्ष डुबेर मृत्यु हुने गरेको छ । यहां रहेको गहिरो दहमा डुबेकाहरुको ज्यान जाने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4