+
+

बार्सिलोना र पीएसजी पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ९:११

२२ कात्तिक, काठमाडौं । स्पानिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगमा पराजित भएका छन् ।

समूह एच अन्तर्गत मंगलबार राती भएको खेलमा बार्सिलोना युक्रेनी क्लब साख्तर डोनेस्कसँग १-० ले पराजित भयो ।

घरेलु मैदानमा साख्तरका लागि डान्यलो सिकानले ४०औं मिनेटमा गोल गरे ।

यो हारपछि बार्सिलोनाले दुई खेलअघि नै नकआउट चरणमा पुग्ने अवसर गुमायो । चार खेलबाट ३ जितसहित बार्सिलोना समूह एचको शीर्ष स्थानमै छ ।

रोएल एन्तवर्पलाई २-० ले हराएको पोर्टोको पनि ४ खेलबाट समान ९ अंक छ र दोस्रो स्थानमा छ । साख्तर चार खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ ।

यस्तै समूह एफ अन्तर्गत पीएसजीलाई इटालियन क्लब एसी मिलानले २-१ ले हरायो ।

पीएसजीले सुरुवाती अग्रता लिएपनि मिलालने घरेलु मैदानमा पुनरागमन गरेको हो ।

खेलको नवौँ मिनेटकै मिलान स्क्रिनरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर १२औं मिनेटमा राफाएल लिआओले मिलानका लागि बराबरी गोल गरे ।

त्यसपछि ओलिभर जिरुडले ५०औं मिनेटमा मिलानका लागि विजयी गोल गरे ।

यसै समूहको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले इंग्लिस क्लब न्युकासल युनाइटेडलाई २-० ले हराए ।

डर्टमण्डका निकोलस फुलवर्गले २६औं र युलियन ब्रान्टले ७९औं मिनेटमा गोल गरे ।

पीएसजी पराजित हुँदा डर्टमण्ड चार खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । फीएसजी ६ अंकबाट दोस्रोमा छ ।

यस्तै पहिलो जितपछि ५ अंक जोडेको एसी मिलान तेस्रो स्थानमा उक्लेको छ भने ४ अंकसहित न्युकासल चौथो स्थानमा झरेको छ ।

एट्लेटिकोको ६ गोल

समूह ई अन्तर्गत स्पानिस क्लब एट्लेटिको मड्रिडले स्कटिस क्लब सेल्टिकलाई ६-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा एट्लेटिकोलाई फराकिलो जित दिलाउन एन्टोनी ग्रीजमन र अल्भारो मोराटाले दुई-दुई तथा डिएस लिनो र सउल निगजेले समान एक गोल गरे ।

सेल्टिकका माएडाले २३औं मिनेटमा रतो कार्ड पाएपछि दश खेलाडीमा सिमित भएर खेलेको थियो ।

जितपछि एट्लेटिको चार खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । सेल्टिक एक अंकसहित पूछारमा छ । यसै समूहको अर्को खेलमा लाजियोले फेयनुर्डलाई १-० ले हरायो ।

लाजियोका लागि सिरो इम्मोबाइलले एक मात्र गोल गरे ।

जितपछि लाजियो चार खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । पराजित फेयनुर्ड तेस्रो स्थानमा झरेको छ । उसको चार खेलबाट ६ अंक छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?