+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कञ्चनपुरमा प्लाष्टिकबाट बनेका माला बिक्री वितरण गर्न प्रतिबन्ध

रासस रासस
२०८० कात्तिक २२ गते १४:१४

२२ कात्तिक, कञ्चनपुर । तिहारका बेला प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रतिबन्ध लगाएको छ ।

वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले नगरपालिकाले प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । प्लाष्टिकबाट बनेका माला नगरपालिका क्षेत्रभित्र बिक्री वितरण गर्न नपाउने गरी निर्णय गरिएको नगर प्रमुख हेमराज ओझाले बताए ।

अटेर गरेर प्लाष्टिकबाट बनेका माला बिक्री वितरण गरेको पाइए प्रचलित कानुन अनुसार हदैसम्मको कारवाही गर्नाका साथै बिक्रीका लागि ल्याइएका माला जफत गरिने उनको भनाइ थियो ।

‘घर आँगनमै उत्पादन हुने मखमली, गोदावरी, सयपत्रीलगायत फूलका मालाको प्रयोगलाई बढावा दिन प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाएका छौं नगरप्रमुख ओझले भन्नुभयो, “यस कार्यबाट फूलको व्यवसायिक खेती गर्ने किसानलाई हौसला मिल्छ र खेती गर्दै आएका किसानलाई बजारको अभाव हुदैन ।’

उनका अनुसार नगरपालिका क्षेत्रमा तीन किसानलाई अनुदान रकम उपलव्ध गराई व्यवसायिक खेतीमा संलग्न गराइएको छ ।

‘फूल खेतीमा संलग्न किसानलाई यस कार्यले प्रोत्साहन गर्छ’ नगरप्रमुख ओझले भने, ‘विकल्प हुँदा हुँदै मानव स्वास्थ्यमा नराम्रो असर गर्ने, वातावरणीय प्रदूषणलाई बढावा दिने प्लाष्टिकबाट बनेका मालालाई निरुत्साहित गर्न बिक्री वितरणमा रोक लगाएका हौँ।’

अन्य किसानलाई पनि व्यवसायिक फूल खेती गर्नका लागि अनुदान दिने तयारीमा रहेको उनले बताए । नगरप्रमुख ओझाले घर आँगनमै फुलेको फूल प्रयोग गर्न नगरबासीसँग आग्रहसमेत गरे ।

प्लाष्टिकबाट बनेका माला बिक्री वितरणमा रोक लगाउने जिल्लाकै पहिलो नगरपालिका कृष्णपुर रहेको छ । फूलको व्यवसायिक खेती गर्दै आएका किसानले यस निर्णयको प्रशंसा गरेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?