+
+

पोखरामा पहिलो पटक ‘एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १४:३८

२२ कात्तिक, पोखरा । पोखरामा पहिलो पटक हुन लागेको ‘एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ मंसिर ७ गतेदेखि सुरु हुने भएको छ । ९ गतेसम्म चल्ने उक्त प्रतियोगिता डन टिल डस्कले आयोजना गर्न लागेको हो ।

पेखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा हुने माउन्टेन बाइक प्रतियोगितामा ११ देशका ८८ खेलाडीले भाग लिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माका अनुसार इलिट जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा ई–बाइक गरी ७ विधामा प्रतिस्पर्धा हुनेछ ।

पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । समुद्री सतहदेखि सतहबाट १४ सय मिटर उचाइमा रहेको आर्बा–विजयडाँडा हुने माउन्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पुर्‍याउने वडाध्यक्ष किरण बरालको अपेक्षा छ ।

वडाध्यक्ष बरालका अनुसार बाइक रेसमा भाग लिने खेलाडीका लागि अभ्यास खुला भइसकेको छ । प्रतियोगिताका लागि रेस ट्रेलहरु मंसिर १ गतेसम्मका लागि खुला गरिएकोे उनले जानकारी दिए ।

‘खेलाडीको सुरक्षाका लागि ठाउँठाउँमा साइन पोस्टहरु पनि राखिसकेका छौं, खेलाडीहरुलाई पनि सावधानी अपनाएर अभ्यास गर्न आग्रह गर्दछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?