२२ कात्तिक, काठमाडौं । बेन स्टोक्सको शानदार १०८ रनको पारीको मद्दतमा इंग्ल्याण्डले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई ३४० रनको लक्ष्य दिएको छ ।
बुधबार भारतको पुनेमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३९ रन बनायो ।
उसका लागि स्टोक्स बाहेक डेविड मालनले ८७ र क्रिस वोक्सले ५१ रन बनाए । त्यसक्रममा मालनले दोस्रो विकेटका लागि जोए रुटसँग अर्धशतकीय साझेदारी गरेका थिए ।
स्टोक्स र वोक्सले सातौं विकेटका लागि शतकीय साझेदारी गरे । सातौं विकेटका रुपमा आउट भएका वोक्सले ४५ बलमा ५ चौका र एक छक्कासहित ५१ रन बनाए ।
अन्तिम दुई बल बाँकी रहँदा नवौं विकेटका रुपमा आउट भएका स्टोकले ८४ बल सामना गरे, ६ चौका र ६ छक्का हानेका थिए ।
न्यूजिल्याण्डका बास डे लिडले ३ विकेट लिए भने आयान दत्त र लोगन भान बिकले २–२ विकेट हात पारे ।
प्रतिक्रिया 4