+
+

अमेरिका पढ्न जाने नेपाली : १० वर्षमा सवा लाख, यो वर्ष १५ हजार ९० जना  

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १५:४०

१ मंसिर, काठमाडौं । पछिल्लो १० वर्षमा अमेरिका पढ्न गएका नेपालीहरुको संख्या करिब  १ लाख १५ हजार पुगेको छ ।

नेपाल लगायत विभिन्न देशबाट अमेरिका पढ्न गएका विद्यार्थीबारे अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट अन्तर्गत सन्चालित ओपन डोर्सले निकालेको तथ्यांक अनुसार  सन् २०१३ देखि २०२३ सम्म अमेरिकामा नेपाली मूलका विद्यार्थीको संख्या १ लाख १४ हजार ८ ७२ पुगेको हो ।

ओपन डोर्सले अमेरिका जाने नेपाली सहित अन्तर्राष्ट्रिय विद्यार्थीहरुको गणना गरेको हो जसमा पछिल्लो एक दशकको कुल तथा क्रमागत तथ्या‌ंक निकालेको छ । 

त्यस गणना अनुसार सन् २०१३/१४ मा अमेरिका पुग्ने नेपाली विद्यार्थीको संख्या ८ हजार १ ५५ थियो । यस्तै शैक्षिक सत्र २०१४/१५ मा ८ हजार १ सय ५८ थियो भने २०१५/ २०१६ मा ९ हजार ६६२ थियो । १४ हजार ८७२ पुगेको हो। सन् २०१३/१४ मा त्यहाँ पुग्ने विद्यार्थीको संख्या ८ हजार १५५ थियो।

यस्तै शैक्षिक सत्र २०१४/१५ मा ८ हजार १५८ थियो भने २०१५/१६ मा ९ हजार ६६२ थियो। ओपन डोर्सका अनुसार २०१६/१७ मा त्यो संख्या ११ हजार ६०७ थियो भने २०१७/१८ मा १३ हजार २७० पुगेको थियो।

शैक्षिक सत्र २०१८/१९ मा अमेरिकामा अध्ययन गर्ने नेपालीको संख्या १३ हजार २२९ रहेको  तथ्यांकले देखाएको छ। यस्तै, शैक्षिक सत्र २०१९/२० मा अमेरिकामा अध्ययन गर्ने नेपालीको संख्या १२ हजार ७३० थियो भने सन् २०२०/२१ मा त्यो संख्या ११ हजार १७२ थियो।

यस्तै, सन् २०२१/२२ मा उक्त संख्या ११ हजार ७९९ पुग्दा सन् २०२२/२३ मा १५ हजार ९० विद्यार्थी भर्ना भएका थिए।

१० वर्षमा अमेरिकामा अण्डरग्र्याजुएटको संख्या ५४ हजार ८४७ पुगेको छ। यस्तै ग्र्याजुएटको संख्या भने ४३ हजार ३८२ पुगेको छ। यस्तै डिग्री हासिल नगरेकाहरुको संख्या १ हजार ३८ रहेको छ। यस्तै अध्ययनपछिको अप्सनल पोस्ट ट्रेनिङमा रहेका विद्यार्थीको संख्या १८ हजार ५२९ रहेको छ।

सन् २०१३/१४ मा अण्डरग्र्याजुएटको संख्या ३ हजार ३७०, ग्र्याजुएटको संख्या ६ हजार ३९, नन डिग्रीको संख्या ७० र ओपीटीको संख्या १ हजार ६७६ थियो।

शैक्षिक सत्र २०१४/१५ मा  अण्डरग्र्याजुएटको संख्या ३ हजार ३३२, ग्र्याजुएटको संख्या ३ हजार ३०९, नन डिग्रीको संख्या ७६ र ओपीटीको संख्या १ हजार ४४१ थियो। यस्तै शैक्षिक सत्र २०१५/१६ मा अण्डरग्र्याजुएटको संख्या ४ हजार ३९४, ग्र्याजुएटको संख्या ३ हजार ८३५, नन डिग्रीको संख्या १६६ र ओपीटीको संख्या १ हजार २७७ थियो।

शैक्षिक सत्र २०१६/१७ मा  अण्डरग्र्याजुएटको संख्या ६ हजार २५६, ग्र्याजुएटको संख्या ३ हजार ९९१, नन डिग्रीको संख्या १८८ र ओपीटीको संख्या १ हजार १७२ थियो। यस्तै शैक्षिक सत्र २०१७/१८ मा अण्डरग्र्याजुएटको संख्या ७ हजार ३७८, ग्र्याजुएटको संख्या ४ हजार ५३७, नन डिग्रीको संख्या ९४  र ओपीटीको संख्या १ हजार २६१ थियो।

शैक्षिक सत्र २०१८/१९  मा  अण्डरग्र्याजुएटको संख्या ७ हजार ४७१, ग्र्याजुएटको संख्या ४ हजार ३७, नन डिग्रीको संख्या १२७ र ओपीटीको संख्या १ हजार ५९४ थियो। शैक्षिक सत्र २०१९/२० मा अण्डरग्र्याजुएटको संख्या ६ हजार ५१३, ग्र्याजुएटको संख्या ३ हजार ८७१, नन डिग्रीको संख्या ८२  र ओपीटीको संख्या २ हजार १०८ थियो।

यस्तै शैक्षिक सत्र २०२०/२१ मा अण्डरग्र्याजुएटको संख्या ५ हजार ३२७, ग्र्याजुएटको संख्या ३ हजार ६५५, नन डिग्रीको संख्या ८२ र ओपीटीको संख्या २ हजार १०८ थियो। यस्तै शैक्षिक सत्र २०२१/२२ मा अण्डरग्र्याजुएटको संख्या ४ हजार ५१८, ग्र्याजुएटको संख्या ४ हजार ५७६ नन डिग्रीको संख्या १०८ र ओपीटीको संख्या २ हजार ५९७ थियो।

यस्तै, शैक्षिक सत्र २०२२/२३ मा अण्डरग्र्याजुएटको संख्या ६ हजार २८८, ग्र्याजुएटको संख्या ५ हजार ५४२, नन डिग्रीको ८ हजार ९००, ओपीटीको ३ हजार १७१ पुगेको छ।

टप २५ को सुचीमा नेपाल ११ औँ स्थानमा

अमेरिका अध्ययन गर्न पुगेका विद्यार्थीहरुको संख्यामा आधारमा टप २५ को सुचीमा नेपाल ११ औँ स्थानमा परेको छ । अग्रस्थानमा चीन, दोस्रोमा भारत रहेका छन् । चीनबाट सन् २०२२/२०२३ मा २ लाख ८९ हजार ५ सय ८६ विद्यार्थी अध्ययनका लागि पुगेका छन् । यस्तै भारतबाट २ लाख ६८ हजार ९ सय २३ विद्यार्थी भर्ना भएका छन् ।

तेस्रो स्थानमा रहेको दक्षिण कोरियाबाट ४३ हजार ८ सय ४७, चौथोमा रहेको क्यानेडाबाट २४ हजार ७ सय ४६ र  पाचौँ स्थानमा रहेको भियतनामबाट २१ हजार ९०० विद्यार्थी पुगेका छन् ।  छैठौँ स्थानमा रहेको ताइवानबाट २१ हजार ८ सय ३४, सातौँमा रहेको नाइजेरियाबाट१७ हजार ७ सय ४० र आठौँमा रहेको  जापानबाट १६ हजार ५४ विद्यार्थी अमेरिका पुगेका छन् । नवौँ नम्बरमा रहेको ब्राजिलबाट १६ हजार २५ र १० औँ स्थानमा हरेको  साउदी अरबबाट १५ हजार ५९ विद्यार्थी पुग्दा ११ औँ स्थानमा रहेको नेपालबाट १५ हजार ९० विद्यार्थी  पुगेका हुन् ।

१२ औँ स्थानमा रहेको मेक्सिकोबाट १४ हजार  ५ सय ४१, १३ औँमा रहेको बंगलादेशबाट १३ हजार ४ सय ४३ र १४ औँमा रहेको इरानबाट १० हजार  ८ सय १२ विद्यार्थी पुगेका छन् । १५ औँ मा रहेको बेलायतबाट १० हजार ५ सय ६९, १६ औँ स्थानमा रहेको पाकिस्तानबाट १० हजार १६४ र १७ औँ स्थानमा रहेको जर्मनीबाट ९ हजार ७ सय ५१ जना विद्यार्थी अमेरिका पुगेका हुन् ।

१८ औँ स्थानमा रहेको कोलम्बियाबाट ९ हजार ९६ विद्यार्थी पुग्दा, १९ औँ स्थानमा रहेको  टर्कीबाट  ८ हजार ६ सय ५७ र फ्रान्सबाट ८ हजार ५ सय ५२ विद्यार्थी पुग्दा २० औँ स्थानमा रहेको छ । ८ हजार ५ सय ४८ विद्यार्थी सहित स्पेन २१ औँ र ८ हजार ४ सय ६७ इन्डोनेसिया २२ औँ स्थानमा छ ।

यस्तै, २३ औँ स्थानमा ६ हजार ४ सय ६८ विद्यार्थी सहित घाना रहेको छ भने २४ औँ स्थानमा ६ हजार २ सय ७४ विद्यार्थी सहित घाना रहेको छ । ६ हजार २ सय ७४ विद्यार्थी सहित  इटाली २४ औँ स्थानमा रहँदा ५ हजार ८ सय ६७ विद्यार्थी सहित घाना २५ औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?