+
+

लोकन्थली दुर्घटनाले बाखामा तनाव, स्थानीयले गरे सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १७:३३

१ मंसिर, काठमाडौं । भक्तपुरको बाखामा स्थानीय बासिन्दाले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् ।

हिजो बिहीबार साँझ लोकन्थलीमा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ ठुलो सिरुवारी घर भएर बालकोट बस्ने वर्ष ४१ का हरिशरण पुरीको ज्यान गएपछि उनका आफन्त र स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका हुन् ।

कोटेश्वरबाट भक्तपुरतर्फ आइरहेको ना ७ ख ४७७४ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशाबाट आउँदै गरेको बा ७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चालक पुरीको ज्यान गएको थियो ।

ट्यांकर चालकको लापरबाहीले ज्यान गएको र पीडकलाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीय बासिन्दाले बाखामा रहेको प्रहरी कार्यालयमा प्रदर्शन गरेका हुन् ।

‘हाम्रो दाइको ज्यान गएको छ, प्रहरीले ३ चोटिमा मात्रै जाहेरी लिन मान्यो, वार्तामा ट्यांकरको समितिलाई बोलाउँदा आएका छैनन् । प्रहरी नै सेटिङमा लागेर घटना लुकाउन खोजिरहेकाे छ’, मृतकका काका छोरा रहेका सुवास पुरीले अनलाइनखबरसँग भने ।

उनले ट्यांकर चालकले रक्सी खाएको हुनसक्ने भन्दै लापरबाही लुकाउन प्रहरीलाई सिन्धुपाल्चोकका नेताहरुले दबाब दिइरहेको बताए । उनले ट्यांकर धनी माओवादी नेता अग्नि सापकोटा, माधव सापकोटा, चौतारा साँगाचोकका मेयर कृष्ण सापकोटाका नातेदार रहेको दाबी गरे ।

भक्तपुर प्रहरीले भने विना दबाब काम गरिरहेको जनाएको छ । ट्यांकर चालक जिल्ला सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ बस्ने वर्ष ४५ को तुलबहादुर माझीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको भन्दै भक्तपुर प्रहरीका सूचना अधिकारी भुवन भट्टले कानुनी प्रक्रिया अनुसार काम गरिरहेको बताए ।

‘प्रहरीले गर्नुपर्ने अनुसन्धान गरेर अदालतबाट म्याद थप समेत गरिसकेको अवस्था छ । सवारी चालक र सवारीलाई हामीले नियन्त्रणमै लिएका छौं, घटना लुकाउनुपर्ने, दबाबमा काम गर्नुपर्ने केही छैन’, सूचना अधिकारी भट्टले भने ।

पीडित पक्ष र ट्यांकर समितिमा वार्ताका बीच सडक अवरुद्ध गर्दा आवतजावतमा समस्या भएको भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?