+
+

भारतीय समर्थकलाई टाउको दुखाइ बने अम्पायर

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २ गते १७:४८

२ मंसिर, काठमाडौं । विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार भारत र अष्ट्रेलिया भिड्नेछन् । फाइनल खेल भारतको अहमदावादमा नेपाली समय अनुसार दिउँसो २ः ४५ मा सुरु हुने छ ।

फाइनल खेलमा इंग्ल्याण्डका रिचर्ड केटलबोरो र रिचर्ड इलिङवर्थले अम्पायरिङ गर्ने छन् ।

५० वर्षका केटलबोरोले दोस्रो पटक फाइनल खेलमा अम्पायरिङ गर्ने अवसर पाएका हुन् । उनी र कुमार धर्मसेना सन् २०१५ को विश्वकपको फाइनलमा पनि फिल्ड अम्पायर थिए । २००९ नोभेम्बरमा एकैदिन आईसीसीको अन्तर्राष्ट्रिय रेफ्री भएका दुबैले यो विश्वकपको सेमिफाइनल खेलाएका थिए ।

भारत र न्यूजिल्याण्डको खेलमा इलिङवर्थ र अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलमा केटलबोरो अम्पायर थिए ।

फाइनलमा दुबै फिल्ड अम्पायर तोकिएका छन् । अम्पायरको नाम घोषणासँगै भारतीय समर्थक निराश भएका छन् ।

किनकी रिचर्ड केटलबोरोले आईसीसीको जति नकआउट म्याचमा अम्पायरिङ गरेका छन्, सबैमा भारतले हार व्यहोरेको छ । एकदिवसीय विश्वकप २०१५ को सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो । त्यो खेलमा केटलबोरो अम्पायर थिए ।

टी–२० विश्वकप २०१६ मा वेष्ट इण्डिजसँग हार्दा होस् वा च्याम्पियन्स ट्रफी २०१७ को फाइनलमा पाकिस्तानसँग हार्दा होस् । विश्वकप २०१९ को सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत हारेको खेलमा पनि केटलबोरो अम्पायर थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?