+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चिकित्सा शिक्षा पीजीको एकीकृत प्रवेश परीक्षा आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १४:०४

३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोग, परीक्षा निर्देशनालयले स्नातकोत्तर तह (पीजी) को शैक्षिक कार्यक्रमहरुमा भर्ना एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।

निर्देशनालयको अनुसार इज्छुक आवेदकले पढ्न चाहेको शैक्षिक कार्यक्रम एकीकृत प्रवेश परीक्षाको लागि ६ मंसिरबाट ६ पुस शुक्रबार अपरान्ह ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

निर्देशनालयले एमडी, एमएस, एनबीएमएस स्पेसलीस्ट, एमडी आर्युवेदा, मास्टर इन नर्सिङ, एमएससी, एमएससी मिडवाइफरी, एमपीएच लगाएत २३ वटा शैक्षिक कार्यक्रमको लागि अनलाइन आवेदन खोलेको हो ।

निर्देशनालयको अनुसार एमडी÷एमएस÷एनबीएमएस विशेषज्ञ, एमडी आर्युवेदा, मास्टर इन नर्सिङ, एमएससी नर्सिङ, एमएससी मीडवाइफरी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा २० माघ ११ बजेदेखि २ बजेसम्म हुनेछ ।

त्यस्तैगरी एमपीएच (मास्टर अफ पब्लिक हेल्थ), एमएससी पीएच, एमपीएचएन, एमएचपीई, एमपीएच (पब्लिक हेल्थ सर्भिस मेनेजमेन्ट), एमफील इन क्लिनिकल साइकोलोजी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा २१ माघमा बिहान ११ बजेदेखि २ बजेसम्म र एमडीएस (मास्टर इन डेन्टल सर्जरी), एम फार्म (मास्टर इन फार्मेसी, एमएससी फार्मेसी, फार्म डी, एमएससी एमआइटी, एमएससी क्लिनिकल, मेडिकल बायोकेमेष्ट्री एन्ड एमएससी क्लिनिकल, मेडिकल माइक्रोबायोलोजी, एमपीटी शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा २२ मंसिर बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ ।

एकीकृत प्रवेश परीक्षा शुल्क नेपाली आवेदकको लागि ५ हजार र विदेशी आवेदकको लागि ८ हजार लाग्नेछ । आवेदन शुल्क हिमालयन बैंक मार्फत आयोगकको फारम भर्ने वेबपोर्टलबाट मात्र भुक्तानी गर्नुपर्ने र आयोगको खातामा रकम सिधै ट्रान्सफर गर्न नहुने सूचनामा उल्लेख गरेको छ ।

एउटै भौचरबाट एकभन्दा बढी शैक्षिक कार्यक्रमको आवेदन शुल्क भुक्तानी गर्न नहुने निर्देशनालयले सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?