+
+

श्रीलंकामा भएको कराँते प्रतियोगितामा नेपाल टिम च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते ८:३२

४ मंसिर, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा भएको १०औं अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै नेपाल टिम च्याम्पियन बनेको छ ।

नेपाल तीन स्वर्ण, २ रजत र ३ कांस्य पदकसाथ टिम च्याम्पियन भएको नेपाल वादोरियो कराँते संघका अध्यक्ष हरिशरण केसीले जानकारी दिए ।

बन्दरागमा इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान  र माल्दिभ्सका खेलाडीहरुको सहभागिता रहेको थियो ।

नेपालको प्रतिनिधित्व गर्दै देवकुमार शाहले कुमितेमा एक स्वर्ण र कातामा १ रजत गरी दुई पदक जित्न सफल भए । बेद जैसवाल र  अन्स चौधरीेले कुमितेमा स्वर्ण पदक  प्राप्त गरे । आइलेसजङ्ग थापाले रजत जिते । नितिशा श्रेष्ठ, हिमानी थापा मगर र वीरबहादुर  कुमालले कांस्य पदक हात पारेको टिम व्यवस्थापक राजेन्द्र  कुँवरले जानकारी दिए ।

उद्घाटन समारोहमा नेपाली  खेलाडीको हौसला बढाउन श्रीलंका पुगेका न्युरोलोजिस्ट डा. लेखजङ थापाले आफ्नो कला र सीप प्रर्दशन गरी उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?