+

बदामले फाइदा मात्रै होइन बेफाइदा पनि गर्छ

२०८० मंसिर  ४ गते १२:२७ २०८० मंसिर ४ गते १२:२७
Shares
बदामले फाइदा मात्रै होइन बेफाइदा पनि गर्छ

बदाममा धेरै पोषक तत्व पाइन्छ । प्रोटिनको राम्रो स्रोत बदाम स्वास्थ्यका लागि निकै उपयोगी छ । तर खाने विधि जानिएन भने यसले फाइदाको सट्टा बेफाइदा पनि पुर्‍याउन सक्छ ।

बदामलाई मात्रा मिलाएर नखाँदा यसले कब्जियतको समस्या ल्याउन सक्छ । किनकि यसमा उच्च मात्रामा प्रोटिन चिल्लो र फाइबर हुन्छ । साथै बदामको बोक्रामा बायोएक्टिम पोषक तत्व हुन्छ । जसलाई शरीरले सजिलै पचाउन सक्दैन । जसले पेटसम्बन्धी विभिन्न समस्या ल्याउन सक्छ ।

त्यसैले व्यायाम नगर्ने मानिसले यसको प्रयोग नगर्न पनि सुझाव दिइन्छ । खाएर सुत्ने वा टेबल वर्क गर्ने मान्छेले यसको दैनिक सेवनले फाइदा भन्दा बेफाइदा बढी हुन सक्छ ।

डा. राजु अधिकारी, आहारविद्

मिर्गौलाको समस्या

बदाममा उच्च प्रोटिन माइक्रोन्युट्रिसियन हुन्छ । यसमा पाइने उच्च पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस र भिटामिन सहजै पच्दैन । पेटभित्रको खाना नपच्दै अर्को उच्च प्रोटिन पेटमा गएमा त्यो मिर्गौलामा जम्मा भएर बस्छ । यसले मिर्गौलाको समस्या भएका बिरामीलाई थप समस्या निम्त्याउन सक्छ ।

मोटोप

बदामलाई मोटोपन घटाउन पनि खाइन्छ । यसमा भएको उच्च प्रोटिनले शरीरलाई ऊर्जा दिन्छ । पचाउन समय लाग्ने भएकाले भोक ढिलो लाग्छ र खाना कम खाइन्छ । जसले गर्दा मोटोपन घट्छ । तर यसमा फ्याटको मात्रा बढी हुने भएकाले आवश्यकताभन्दा बढी खाएमा मोटोपना बढ्न सक्छ ।

फुड एलर्जी

कसैकसैलाई फुड एलर्जी हुन्छ । फुड एलर्जी भएका व्यक्तिले खाएमा छाला चिलाउने, फोका-फोका आउने, सुन्निने, रातो-रातो डाम समस्या हुन सक्छ ।

एसिडिटी बढ्छ

बदामले शरीरमा गर्मी बढाउँछ । जसले एसिडिटी बढ्ने, नाकबाट रगत बग्ने, छातीमा समस्याका साथै बेहोस हुने समेत हुन सक्छ ।

कसरी र कति खाने ?

बदामलाई एक रातअघि नै भिजाएर वा बोक्रा निकालेर खानु उपयुक्त हुन्छ । एकपटकमा पाँचदेखि २० वटासम्म खान सकिन्छ ।

(आहारविद् डा. अधिकारीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

डा. राजु अधिकारी बदाम स्वास्थ्य
डा. राजु अधिकारी
लेखक
डा. राजु अधिकारी
आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक

अध्ययन : मानव चेतना एवं योग विज्ञानमा स्नातकोत्तर र पीएचडी अखिल विश्व गायत्री परिवार, नेपालका स्वयंसेवक, विभिन्न स्कुल, बैंक तथा कलेजहरुमा जीवनशैली र योग प्रशिक्षकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कुन भिटामिनको कमी हुँदा हाम्रो शरीरले कस्तो संकेत देखाउँछ ?

कुन भिटामिनको कमी हुँदा हाम्रो शरीरले कस्तो संकेत देखाउँछ ?

गोरो बनाउने क्रिमको अँध्यारो पाटो : करोडौंको स्वास्थ्य जोखिम

गोरो बनाउने क्रिमको अँध्यारो पाटो : करोडौंको स्वास्थ्य जोखिम

भारतमा पहिलो पटक डेंगु विरुद्धको खोपले पायो अनुमति

भारतमा पहिलो पटक डेंगु विरुद्धको खोपले पायो अनुमति

यो वर्ष डेंगु संक्रमण कम तर मनसुनसँगै बढ्न सक्छ जोखिम

यो वर्ष डेंगु संक्रमण कम तर मनसुनसँगै बढ्न सक्छ जोखिम

कलेजोमा बोसो जम्नु होइन सामान्य, उपचार नगरे क्यान्सरसम्मको जोखिम

कलेजोमा बोसो जम्नु होइन सामान्य, उपचार नगरे क्यान्सरसम्मको जोखिम

कुन अवस्थामा पिसाबबाट असामान्य गन्ध ‍आउँछ ? १० कारण

कुन अवस्थामा पिसाबबाट असामान्य गन्ध ‍आउँछ ? १० कारण