+
+

हिमालय रोडिज-५ को सेमीफाइनलमा चार प्रतिस्पर्धी भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १७:३७

काठमाडौं । हिमालय रोडिज सिजन-५ मा सोमबार बेलुका सेमीफाइनल प्रतिस्पर्धा हुँदैछ । यो प्रतिस्पर्धाबाट दुईजना फिनालेका लागि छनोट हुनेछन् । आगामी सोमबार फिनाले हुँदैछ ।

टिम ग्रीन अर्थात् आशिष राना (लाउरे)को ग्याङबाट सन्जीप राई र विश्व मगर, टिम रेड अर्थात् अनुपविक्रम शाहीको ग्याङबाट सन्देश राई (राइनो), टिम एल्लो अर्थात् दीया मास्केको ग्याङबाट एसु खड्काबीच सेमिफाइनल प्रतिस्पर्धा हुँदैछ । टिम ब्लु अर्थात् प्रियंका कार्कीको ग्याङमा कुनै सदस्य बाँकी छैनन् ।

छनोट हुने दुई जना अर्को सोमबार हुने फिनालेमा उपाधिका लागि भिड्नेछन् । सेमीफाइनल समीकरण हेर्दा लाउरेको ग्याङलाई तुलनात्मक रुपमा सहज देखिन्छ किनभने यो समूहबाट दुईजनाले फिनालेका लागि प्रतिस्पर्धा गर्दैछन् ।

सेमीफाइनल एपिसोड प्रसारणअघि ट्रेलर सार्वजनिक गरिएको छ, जुन निकै रोचक र एड्भेन्चरले भरिपूर्ण देखिन्छ । शोका होस्ट सुरजसिंह ठकुरीले एपिसोड प्रसारण भइञ्जेलसम्म दुईजना मात्र बाँकी रहने भन्दै टास्कको जिम्मा दिएका छन् । त्यसपछि डोरीमा झुण्डिएर भीर चढ्ने, पोखरीमा बेलुन बटुल्ने, गह्रुंगो सामान बोकेर दौडिनेजस्ता टास्क देखिन्छ ।

सिमोस सुनुवारले निर्देशन गरिरहेको यो शृंखलाको थिम ‘पावर अफ फाइभ’ रहेको छ । यो कार्यक्रम हिमालय टिभी एचडीबाट प्रत्येक सोमबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?