+
+

भूकम्प प्रभावितलाई भारतको चौथो चरणको राहत

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १९:४७

५ मंसिर, काठमाडौं । भारतले अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री हस्तान्तरण गरेको छ ।

आज मंगलबार नेपाल आइपुगेका यी राहत सामग्री मंगलबार नै नेपाल सरकारलाई हस्तान्तरण गरियो । नेपाल चिकित्सक संघको माग अनुरुप यी राहत सामग्री उपलब्ध गराएको भारतीय दूतावासले जनाएको छ ।

यी राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् ।

जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको भारतीय दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने दूतावासको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?