+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

‘टिकटक प्रतिबन्धले रिट निवेदकलाई क्षति पुगेको देखिएन’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १८:५०

७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धले रिट निवेदकलाई अपूरणीय क्षति पुगेको बलियो आधार पेश हुन नसकेको टिप्पणी गरेको छ ।

टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो र सरकारसँग लिखित जवाफ मागेको थियो ।

बिहीबार उक्त आदेशको लिखित रुप सार्वजनिक गर्दै सर्वोच्च अदालतले रिट निवेदकहरुले प्रतिबन्धले नागरिकलाई अपुरणीय क्षति पुग्न जाने वस्तुपरक आधार पेश गर्न नसकेकाले अन्तरिम आदेश जारी गर्न नमिलेको उल्लेख गरेको हो ।

आदेशमा भनिएको छ, ‘टिकटकको वैधानिकता, नेपाल कानुनको दायरा, परिपालना नियमन एवं व्यवस्थापन समेतका सम्बन्धमा लिखित जवाफ पेश भएपछि अन्तिम सुनुवाइका बखत टुंगो लाग्नु उपयुक्त देखिएको साथै निवेदकहरुलाई अपुरणीय क्षति पुग्न जाने वस्तुगत एवं तथ्यपरक आधार समेत नदेखिएको अन्तरिम आदेश जारी गर्न मिलेन ।’

न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिवन्ध लगाउनेबारे सरकारले गरेको निर्णय, सरकारले जारी गरेको निर्देशिका मगाउने आदेश गरेको थियो । सर्वोच्चले यो मुद्दामा १९ असारदेखि निवेदनमाथि पूर्ण सुनुवाइ गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?