
१० मंसिर, काठमाडौं । लेखक खगेन्द्र संग्रौला वैकुण्ठहरि श्रेष्ठ सम्मानबाट सम्मानित भएका छन् । नेपाल भाषाका वरिष्ठ कवि योगेन्द्र प्रधानले संग्रौलालाई भादगाउले टोपी तथा दोसल्ला लगाएर आइतबार भक्तपुरमा अभिनन्दन गरेका हुन् ।
संग्रौलाले वैकुण्ठहरि श्रेष्ठप्रति श्रद्धान्जली प्रकट गर्दै उनको जनवाद लागु गरौं, व्यक्तिवादको विरोध गरौं नाराको सार्थकताबारे चर्चा गरे । आफूलाई सम्मान गर्ने संस्था वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानलाई उनले धन्यवाद दिए ।
कथा, उपन्यास, निबन्ध, संस्मरण, अनुवाद गरी तीन दर्जनभन्दा बढी कृति सिर्जना गरेका संग्रौला आज मंसिर १० गते ७९ वर्षका भएका छन् । उनी बुढ्यौलीको यो समयमा पनि साहित्य सिर्जना तथा आलोचनात्मक विचारहरु प्रवाह गरिरहेका हुन्छन् ।
संग्रौलाको समग्र जीवन र लेखन प्रवृत्तिलाई लक्ष्य गर्दै उज्ज्वल प्रसाईंले लेखेको ‘एक बागी’ हालसालै प्रकाशित छ ।
प्रतिक्रिया 4